• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीको जालमा माछा परेनन्, नयाँ दललाई समावेशी बन्ने चुनौती

चन्द्रकिशोर  बिहीबार, वैशाख ११, २०७७  १९:१५
1140x725

प्रधानमन्त्रीजी जति आफ्नो दलभित्र चासो राख्नुहुन्छ, अरु दलतिर पनि उहाँ त्यतिकै चासो राख्नुहुन्छ। उहाँले चासो राख्नुको मुख्य कारण के हो भने प्रदेश दुईमा मधेशी दलहरु (अहिले नाम फेरिए पनि)का कारणले त्यहाँ उहाँको दल जति बलियो भएर आउनुपर्ने हो, त्यसरी आउन सकेको छैन। र, उहाँलाई अलिकति अप्ठ्यारो पार्ने, असहज बनाउने भनेको प्रदेश २ नै हो। 

सुरुवातदेखि नै प्रदेश २ मा उहाँको उद्देश्य आफ्नो पार्टीको संगठन कसरी बलियो बनाउने भन्ने हो। त्यसका लागि उहाँले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न तयार हुनुहुन्छ।  र, लागि पर्नु भएको छ। 

यही क्रममा मधेश केन्द्रित दलहरुका आन्तरिक कारण (असन्तुष्टि) विकसित हुँदै जाँदा प्रधानमनन्त्रीले अध्यादेशको जालो थाप्नु भयो। प्रधानमन्त्रीले कोरोनाविरुद्ध लडाइ लडिराखेको बेलामा, राष्ट्रिय एकता चाहिएको बेलामा, यसरी अध्यादेशको जालो फ्याक्नु पर्थ्यो कि पर्दैनथ्यो भन्ने प्रश्न र आलोचनाको विषय हो। 

तर, प्रधानमन्त्रीको मनमा के थियो भने यसरी दललाई फुटाउन पायो, उनीहरुलाई आफूसँग सहयात्रा गराउन पाइयो भने प्रदेश २ मलाई सहज हुन्छ। उहाँले त्यही रणनीतिमा काम गर्नु भएको थियो। 

नयाँ बन्ने दलको संविधानबारे दृष्टिकोण के हुन्छ? सत्तामा जानेबारेको दृष्टिकोण के हुन्छ? प्रदेश २ को सत्ताको बारेमा उहाँहरुको समीक्षा के हुन्छ? सांगठानिक ढाँचा कुन रुपमा जाने हो?

यी दुई दल (समाजवादी र राष्ट्रिय जनता पार्टी)आन्तरिक र बाह्य कारणले अचानक एक भए। तर, बिर्सनै नहुने कुरा के हो भने जसरी यी दलभित्र असन्तुष्टि छ, थियो। आज पनि फुट्यो भन्दा भन्दै रोकियो भन्ने कुरा छ, यद्यपि ती पर्दा पछाडिका कुरा हुन्। यसले  असन्तुष्टि त छ भन्ने देखाउँछ। पात्र र प्रवृत्ति त उही हुन्। भोली कसरी दललाई एकतावद्ध गरेर लैजाने, कसरी यो दललाई वैकल्पिक शक्ति बनाउने, वैकल्पिक शक्ति भन्दैमा वैकल्पिक शक्ति हुन्छ कि हुँदैन? 

सांस्कृतिक राष्ट्रवाद, बहुसाँस्कृतिक राष्ट्रवाद भनेका छन्। त्यसको व्याख्या के हो? मोदीजी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी)को पनि सांस्कृतिक राष्ट्रवाद हो। त्यही राष्ट्रवाद हो कि? अर्को राष्ट्रवाद हो? दललाई सैद्धान्तिक रुपमा कसरी अगाडि बढाउने? 

दलमा नेतृत्वको महत्वकांक्षालाई कसरी व्यवस्थापन गर्ने? र, आन्तरिक लोकतन्त्र कसरी कायम गर्ने? किनभने आन्तरिक लोकतन्त्रका आधारमा नेपालमा ठूला दल नेकपा र नेपाली कांग्रेस पनि एकढिक्का हुन पाएका छैनन्। त्यो रोगबाट यो दल कसरी मुक्त हुन्छ भन्ने चुनौती पनि निर्माण र एकता हुने बेलादेखि नै आएको छ। त्यो चुनौती रहिरह्यो भने यसले आगामी चुनावमा गरेको अपेक्षा पुरा हुन सक्दैन। अहिलेको सबै राजनीतिक खेलको पछाडि आगामी चुनावमा सबैको नजर पनि हो। आन्तरिक लोकतन्त्र कायम गर्न सफल भएन भने त्यो चुनावमा गाह्रो हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले दुई दलबीच एकताबारे वीरबलको खिचडी जस्तो भइरहेको थियो। एक वर्षदेखि एकता हुने कुरा भइरहेको थियो। नेताहरुको व्यवस्थापनमा सकसको कुरा थियो। तर, अचानक के भयो? के बुद्धि पलायो? अचानक उहाँहरु एकताबद्ध हुन सहमत भइदिनुभयो। जनताले, समाजले त्यो जान्न त चाहन्छ। त्यसमा प्रष्ट पार्न त सक्नुभएको छैन। अध्यादेश आफ्नो ठाउँमा हो। तर, आफ्नो दललाई जोगाउन सक्ने ठाउँमा छैन भने त्यो कारण कसरी आइपरेको थियो? बेला–बेला तर्सिनु भएको थियो। त्यसको जवाफ त त्यो विज्ञप्तिमा आएको छैन। 

नयाँ बन्ने दलको संविधानबारे दृष्टिकोण के हुन्छ? सत्तामा जानेबारेको दृष्टिकोण के हुन्छ? प्रदेश २ को सत्ताको बारेमा उहाँहरुको समीक्षा के हुन्छ? सांगठानिक ढाँचा कुन रुपमा जाने हो? तेस्रो शक्ति बन्ने कुुरा छ। यो त एउटा सपना मात्रै भयो। सपना र लक्ष्यमा अन्तर हुन्छ। त्यसका लागि सांगठनिक ढाँचा हुनुपर्‍यो। सैद्धान्तिक रुपमा प्रष्टता हुनुपर्‍यो। समूहगत भावना विकसित गर्न सक्नुपर्‍यो। यी कुराहरुबारे अहिले धेरै कुरा नै आउन बाँकी छ। 

उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ भन्ने कुरामा मधेशले हेर्ने हो। मधेशी अनुहार त्यो दलमा मात्रै होइन, अन्य दलमा पनि छन्। कांग्रेसमा पनि छ, नेकपाभित्र पनि मधेशी अनुहार छन्। अरुभन्दा भिन्न उहाँहरु मधेशका लागि के गर्दै हुनुहुन्छ? के– के गर्नु भयो र के गर्नेवाला हुनुहुन्छ? त्यसको आधारमा उहाँहरुको मूल्यांकन मधेशमा हुन्छ। 

हिजो हस्ताक्षर गरिएकोमा एकजना पनि महिलाको हस्ताक्षर छैन। मुस्लिम कतै देखिएका छैनन्। समावेशिताको कुरा गर्ने तर आफै भित्र समावेशिताको निर्माण कसरी गर्ने? 

उहाँहरुको आधार क्षेत्र के? कुनै पनि दलहरुको एउटा आधार क्षेत्र हुन्छ। पहिले उहाँहरुको मधेश एउटा आधार क्षेत्र थियो। त्यो आधार क्षेत्रका बारेमा उहाँहरु विस्तारै चुप लाग्दै जानु भएको छ। मौन हुँदै जानु भएको छ। अहिले राष्ट्रिय स्वरुपको बन्न खोज्नु भएको छ। राष्ट्रिय दल बन्दा भोलि जनजाति, खस आर्यलाई कसरी जोड्ने। मधेशभित्र पनि विविधता छ। त्यो विविधतालाई कसरी जोडिराख्ने? पार्टीमा पूर्वका नेताहरु बढी भए, पश्चिमका नेताहरु भएनन्। दलित नेता कोही पनि उच्च स्तरीय तहमा छैन। हिजो हस्ताक्षर गरिएकोमा एकजना पनि महिलाको हस्ताक्षर छैन। मुस्लिम कतै देखिएका छैनन्। समावेशिताको कुरा गर्ने तर आफै भित्र समावेशिताको निर्माण कसरी गर्ने? 

प्रधानमन्त्रीले एउटा जालो फ्याक्नु भएको थियो, उहाँले माछा मार्न सक्नु भएन। यो भन्दैमा प्रधानमन्त्री पछाडि हट्नु भएको छैन। प्रदेश २ मा रणनीतिक रुपमा अगाडि बढ्दै गइराख्नु भएको छ। त्यसको  सफता र असफलताको मुुल्यांकन आउने चुनावमा हुने छ। अहिले यी दल जुनसुकै कारणले  एक ठाउँमा आएका भए पनि, राजनीतिक रुपमा हामीले प्रधानमन्त्रीलाई झड्का दियौं भन्न चाहिँ पाएका छन्। 

(मधेश मामिलाका जानकार पत्रकार चन्द्रकिशोरसँग नेपाल लाइभका रामकुमार डिसीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस्
सुवास अजरबैजानको क्लबमा अनुबन्ध
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् मंगलबार, भदौ २३, २०८३
सुवास अजरबैजानको क्लबमा अनुबन्ध मंगलबार, भदौ २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ २३, २०८३
एनसेल सीईओको राजीनामाले उठाएको प्रश्न: विदेशी लगानी तर्साउने बाटोमा छ सरकार मंगलबार, भदौ २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षाको सम्भावना मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्