• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीको जालमा माछा परेनन्, नयाँ दललाई समावेशी बन्ने चुनौती

चन्द्रकिशोर  बिहीबार, वैशाख ११, २०७७  १९:१५
1140x725

प्रधानमन्त्रीजी जति आफ्नो दलभित्र चासो राख्नुहुन्छ, अरु दलतिर पनि उहाँ त्यतिकै चासो राख्नुहुन्छ। उहाँले चासो राख्नुको मुख्य कारण के हो भने प्रदेश दुईमा मधेशी दलहरु (अहिले नाम फेरिए पनि)का कारणले त्यहाँ उहाँको दल जति बलियो भएर आउनुपर्ने हो, त्यसरी आउन सकेको छैन। र, उहाँलाई अलिकति अप्ठ्यारो पार्ने, असहज बनाउने भनेको प्रदेश २ नै हो। 

सुरुवातदेखि नै प्रदेश २ मा उहाँको उद्देश्य आफ्नो पार्टीको संगठन कसरी बलियो बनाउने भन्ने हो। त्यसका लागि उहाँले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न तयार हुनुहुन्छ।  र, लागि पर्नु भएको छ। 

यही क्रममा मधेश केन्द्रित दलहरुका आन्तरिक कारण (असन्तुष्टि) विकसित हुँदै जाँदा प्रधानमनन्त्रीले अध्यादेशको जालो थाप्नु भयो। प्रधानमन्त्रीले कोरोनाविरुद्ध लडाइ लडिराखेको बेलामा, राष्ट्रिय एकता चाहिएको बेलामा, यसरी अध्यादेशको जालो फ्याक्नु पर्थ्यो कि पर्दैनथ्यो भन्ने प्रश्न र आलोचनाको विषय हो। 

तर, प्रधानमन्त्रीको मनमा के थियो भने यसरी दललाई फुटाउन पायो, उनीहरुलाई आफूसँग सहयात्रा गराउन पाइयो भने प्रदेश २ मलाई सहज हुन्छ। उहाँले त्यही रणनीतिमा काम गर्नु भएको थियो। 

नयाँ बन्ने दलको संविधानबारे दृष्टिकोण के हुन्छ? सत्तामा जानेबारेको दृष्टिकोण के हुन्छ? प्रदेश २ को सत्ताको बारेमा उहाँहरुको समीक्षा के हुन्छ? सांगठानिक ढाँचा कुन रुपमा जाने हो?

यी दुई दल (समाजवादी र राष्ट्रिय जनता पार्टी)आन्तरिक र बाह्य कारणले अचानक एक भए। तर, बिर्सनै नहुने कुरा के हो भने जसरी यी दलभित्र असन्तुष्टि छ, थियो। आज पनि फुट्यो भन्दा भन्दै रोकियो भन्ने कुरा छ, यद्यपि ती पर्दा पछाडिका कुरा हुन्। यसले  असन्तुष्टि त छ भन्ने देखाउँछ। पात्र र प्रवृत्ति त उही हुन्। भोली कसरी दललाई एकतावद्ध गरेर लैजाने, कसरी यो दललाई वैकल्पिक शक्ति बनाउने, वैकल्पिक शक्ति भन्दैमा वैकल्पिक शक्ति हुन्छ कि हुँदैन? 

सांस्कृतिक राष्ट्रवाद, बहुसाँस्कृतिक राष्ट्रवाद भनेका छन्। त्यसको व्याख्या के हो? मोदीजी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी)को पनि सांस्कृतिक राष्ट्रवाद हो। त्यही राष्ट्रवाद हो कि? अर्को राष्ट्रवाद हो? दललाई सैद्धान्तिक रुपमा कसरी अगाडि बढाउने? 

दलमा नेतृत्वको महत्वकांक्षालाई कसरी व्यवस्थापन गर्ने? र, आन्तरिक लोकतन्त्र कसरी कायम गर्ने? किनभने आन्तरिक लोकतन्त्रका आधारमा नेपालमा ठूला दल नेकपा र नेपाली कांग्रेस पनि एकढिक्का हुन पाएका छैनन्। त्यो रोगबाट यो दल कसरी मुक्त हुन्छ भन्ने चुनौती पनि निर्माण र एकता हुने बेलादेखि नै आएको छ। त्यो चुनौती रहिरह्यो भने यसले आगामी चुनावमा गरेको अपेक्षा पुरा हुन सक्दैन। अहिलेको सबै राजनीतिक खेलको पछाडि आगामी चुनावमा सबैको नजर पनि हो। आन्तरिक लोकतन्त्र कायम गर्न सफल भएन भने त्यो चुनावमा गाह्रो हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले दुई दलबीच एकताबारे वीरबलको खिचडी जस्तो भइरहेको थियो। एक वर्षदेखि एकता हुने कुरा भइरहेको थियो। नेताहरुको व्यवस्थापनमा सकसको कुरा थियो। तर, अचानक के भयो? के बुद्धि पलायो? अचानक उहाँहरु एकताबद्ध हुन सहमत भइदिनुभयो। जनताले, समाजले त्यो जान्न त चाहन्छ। त्यसमा प्रष्ट पार्न त सक्नुभएको छैन। अध्यादेश आफ्नो ठाउँमा हो। तर, आफ्नो दललाई जोगाउन सक्ने ठाउँमा छैन भने त्यो कारण कसरी आइपरेको थियो? बेला–बेला तर्सिनु भएको थियो। त्यसको जवाफ त त्यो विज्ञप्तिमा आएको छैन। 

नयाँ बन्ने दलको संविधानबारे दृष्टिकोण के हुन्छ? सत्तामा जानेबारेको दृष्टिकोण के हुन्छ? प्रदेश २ को सत्ताको बारेमा उहाँहरुको समीक्षा के हुन्छ? सांगठानिक ढाँचा कुन रुपमा जाने हो? तेस्रो शक्ति बन्ने कुुरा छ। यो त एउटा सपना मात्रै भयो। सपना र लक्ष्यमा अन्तर हुन्छ। त्यसका लागि सांगठनिक ढाँचा हुनुपर्‍यो। सैद्धान्तिक रुपमा प्रष्टता हुनुपर्‍यो। समूहगत भावना विकसित गर्न सक्नुपर्‍यो। यी कुराहरुबारे अहिले धेरै कुरा नै आउन बाँकी छ। 

उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ भन्ने कुरामा मधेशले हेर्ने हो। मधेशी अनुहार त्यो दलमा मात्रै होइन, अन्य दलमा पनि छन्। कांग्रेसमा पनि छ, नेकपाभित्र पनि मधेशी अनुहार छन्। अरुभन्दा भिन्न उहाँहरु मधेशका लागि के गर्दै हुनुहुन्छ? के– के गर्नु भयो र के गर्नेवाला हुनुहुन्छ? त्यसको आधारमा उहाँहरुको मूल्यांकन मधेशमा हुन्छ। 

हिजो हस्ताक्षर गरिएकोमा एकजना पनि महिलाको हस्ताक्षर छैन। मुस्लिम कतै देखिएका छैनन्। समावेशिताको कुरा गर्ने तर आफै भित्र समावेशिताको निर्माण कसरी गर्ने? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उहाँहरुको आधार क्षेत्र के? कुनै पनि दलहरुको एउटा आधार क्षेत्र हुन्छ। पहिले उहाँहरुको मधेश एउटा आधार क्षेत्र थियो। त्यो आधार क्षेत्रका बारेमा उहाँहरु विस्तारै चुप लाग्दै जानु भएको छ। मौन हुँदै जानु भएको छ। अहिले राष्ट्रिय स्वरुपको बन्न खोज्नु भएको छ। राष्ट्रिय दल बन्दा भोलि जनजाति, खस आर्यलाई कसरी जोड्ने। मधेशभित्र पनि विविधता छ। त्यो विविधतालाई कसरी जोडिराख्ने? पार्टीमा पूर्वका नेताहरु बढी भए, पश्चिमका नेताहरु भएनन्। दलित नेता कोही पनि उच्च स्तरीय तहमा छैन। हिजो हस्ताक्षर गरिएकोमा एकजना पनि महिलाको हस्ताक्षर छैन। मुस्लिम कतै देखिएका छैनन्। समावेशिताको कुरा गर्ने तर आफै भित्र समावेशिताको निर्माण कसरी गर्ने? 

प्रधानमन्त्रीले एउटा जालो फ्याक्नु भएको थियो, उहाँले माछा मार्न सक्नु भएन। यो भन्दैमा प्रधानमन्त्री पछाडि हट्नु भएको छैन। प्रदेश २ मा रणनीतिक रुपमा अगाडि बढ्दै गइराख्नु भएको छ। त्यसको  सफता र असफलताको मुुल्यांकन आउने चुनावमा हुने छ। अहिले यी दल जुनसुकै कारणले  एक ठाउँमा आएका भए पनि, राजनीतिक रुपमा हामीले प्रधानमन्त्रीलाई झड्का दियौं भन्न चाहिँ पाएका छन्। 

(मधेश मामिलाका जानकार पत्रकार चन्द्रकिशोरसँग नेपाल लाइभका रामकुमार डिसीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्