एजेन्सी- विश्व स्वास्थ्य संगठनले यूरोपमा कोरोना भाइरसको संक्रमणले मृत्यु भएकामध्ये करीब आधा मानिस केयर होम तथा वृद्धाश्रमजस्तो ठाउँसँग सम्बन्धित रहेको बताएको छ।
संगठनका क्षेत्रीय निर्देशक डा हान्स क्लुगले एक प्रेस कन्फ्रेन्समा यस्ता मानिसका बारेमा धेरै नै चिन्ताजनक तस्बिरहरू सार्वजनिक भइरहेको र उनीहरूलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
उनले भने‚ ‘यूरोपका सबै देशको आँकडालाई नियाल्दा कोभिड-१९ बाट मृत्यु हुने मानिसमध्ये करीब आधा केयर होमसँग सम्बन्धित रहेको पाइएको छ। यो एउटा डरलाग्दो अवस्था पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।