काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कठिन अवस्थाका बीच आगामी आर्थिक वर्षको बजेट तर्जुमाको काम भइरहेको बताएका छन्। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण राजस्व परिचालन र खर्च दुवै कमजोर भए पनि जोखिमपूर्ण अवस्थाकाबीच आउँदो बजेट तयारी भइरहेको बताए।
मन्त्री खतिवडाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आर्थिक कृयाकलाप ठप्प हुँदा राजस्व संकलन नभएको र स्रोत थपेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको बताए। 'विश्वव्यापीरुपमा मन्दीको वातावरण बनेको छ, धेरै कम मुलुकका मात्रै आर्थिक वृद्धि २ प्रतिशतभन्दा माथि हुँदैछ,' उनले भने, 'आगामी दिनमा हामीलाई चाहिएको आर्थिक वृद्धिदर हासिल गर्ने गरी काम गर्दैछौँ।'
अर्थतन्त्रमा परेका प्रभावलाई कम गर्न नीतिगत तयारी गरिएको उनले बताए। मन्त्री खतिवडाले कोरोनाको रोकथामका कारण परेको असर न्यूनीकरण गर्ने उपाय हेरिरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।