काठमाडौं- हालसम्म नेपालका १० जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको मिडिया ब्रिफिङमा समेत दिइएको जानकारी अनुसार विभिन्न १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।
नेपालमा पहिलोपटक गत जनवरी २३ मा पहिलोपटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्।
नेपालमा सबैभन्दा बढी उदयपुरमा मात्र २८ जना कोरोना संक्रमित भेटिएका छन्। यसैगरी कैलाली, कञ्चनपुर, बाग्लुङ, चितवन, पर्सा, रौतहट, धनुषा, काठमाडौं र धादिङमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।
धनुषामा बिहीबार पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्। १४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जानकारी दिएको हो।
हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको छ। यीमध्ये ९ जना भने उपचार सफल भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
लगातार दुई पटकसम्मको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिए अस्पतालले डिस्चार्ज गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।