काठमाडौं- काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका २ जना कोरोना जितेर घर फर्किएका छन्। उनीहरु काेराेना निकाे भएपछि आज पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले याे जनाकारी गराएका हुन्।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)को यसअघि काेराेना रिपाेर्ट पोजेटिभ देखिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।