काठमाडौं– नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका उपाध्यायलाई रिहा गर्न माग गरिएको हो।
कांग्रेस सांसद बहादुरसिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विचार राख्न पाउनु नैसर्गिक अधिकार भएकाले समाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा पक्राउ गरिनु दुखद् भएको जनाएका हुन्।
छाया सञ्चारमन्त्री समेत रहेका लामाले संविधानले दिएको स्वतन्त्रताको हकलाई सरकारले कुण्ठित गर्ने कार्य गरेको आरोप लगाएका छन्। संविधानको पूर्ण पालना गरी यसको संरक्षण गर्नु दायित्व भएपनि सरकारले संविधानको ठाडो उल्लंघन गर्दै आएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।