काठमाडौं- विश्व बैंकले संसारभर रेमिट्यान्स (रेमिट्यान्स) २० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण रेमिट्यान्समा गिरावट आउने प्रक्षेपण उसले गरेको हो।
विश्वव्यापी आर्थिक गतिविधिमा संकुचन आएका कारण मानिसहरु बेरोजगार हुँदा रेमिट्यान्समा गिरावट आउने विश्व बैंकले जनाएको हो। न्यून-मध्यम आय भएका मुलुकहरुमा ४४५ अर्ब डलर बराबरको क्षति हुने उसको अनुमान छ।
'विकासशील देशहरुको मुख्य आयस्रोत रेमिट्यान्स हो। कोरोना भाइरसका कारण उत्पन्न आर्थिक मन्दीले कमाएर घर पठाउन सक्ने मानिसहरुले पैसा पठाउन सक्दैनन्,' विश्व बैंक समूहका अध्यक्ष डेबिड माल्पासले भनेका छन्।
विश्व बैंकले युरोप र मध्ये एसियामा २७.५ प्रतिशतले रेमिट्यान्स घट्ने जनाएको छ। यसैगरी अफ्रिकामा २३.१ प्रतिशतले, दक्षिण एसियामा २२.१ प्रतिशतले, मध्यपूर्व तथा उत्तर अमेरिकामा १९.६ प्रतिशतले, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा १९.३ प्रतिशतले र पूर्वी एसिया तथा प्रशान्तमा १३ प्रतिशतले रेमिट्यान्स घट्ने उसको अनुमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।