काठमाडाैं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन्। बिहीबार बिहान नेपाल लाइभसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘पहिले जनताको जीवन रक्षा गर्नुपर्यो,’ उनले भने, ‘लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं,' उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे।
यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे। महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन। सम्मानजनक एकता गरेका छौं।’
यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे। महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन। सम्मानजनक एकता गरेका छौं,’ उनले भने, 'राजपा र समाजवादी पार्टी फुटाउन ल्याएको अध्यादेशले नेकपालाई नै फुटाउन सक्छ।'
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।