काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरुको आज बैठक बसेको छ। लकडाउनको आचार संहिता पालना गर्दै अध्यक्ष कमल थापाको बुढानिलकण्ठस्थित पासिकोटमा रहेको निवासमा बैठक बसेको हो।
कोरोना भाइरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि बारे बैठकमा छलफल भएकाे राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा अध्यक्षत्रय थापा, पशुपति शमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले आ-आफ्नो धारणा राखेका थिए।
उनीहरुबीच काेरोना महामारीका बाबजुद आगामी दिनमा कसरी पार्टीका गतिविधिहरुलाई अगाडि बढाउने भन्ने बिषयमा छलफल भएकाे बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।