काठमाडौं- मोबाइल आयातकर्ताहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपिआइए)ले नेपाल प्रहरी अस्पताललाई उपचारमा चाहिने सुरक्षा सामग्री सहयोग गरेको छ। एसोसिएसनले प्रहरी अस्पताल पुगेर बिहीबार सुरक्षा सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको हो।
संघका अध्यक्ष दीपककुमार मल्होत्रासहितको टोलीले ४० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ५ हजार थान मास्क अस्पातलका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरेका हुन्।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ विरुद्ध लडिरहेका सुरक्षा तथा स्वास्थ्य निकायलाई थप बल पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको एसोसिएसनले बताएको छ।
एसोसिएसनले यसअघि पनि ट्राफिक प्रहरीलाई ८ हजार थान मास्क सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।