• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ बजेटमा ऊर्जा : सिँचाईका आयोजना प्राथमिकतामा, नयाँ जलविद्युत आयोजना नथपिने

64x64
हेमन्त जोशी बुधबार, वैशाख १०, २०७७  ०९:३६
1140x725

काठमाडौं-ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटसम्बन्धी तयारी तीव्र गतिमा अघि बढाएको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट सिलिङ पाइसकेको छ भने प्राप्त सिलिङको दायराभित्र रहि त्यसमाथि विस्तृत छलफल र योजना तथा कार्यक्रम छनाेटको तयारी हुँदैछ। छलफल अझै टुंगिसकेको छैन।

ऊर्जा मन्त्रालयका सहसचिव तथा कार्यक्रम, बजेट तथा अनुगमन महाशाखा प्रमुख सुशीलचन्द्र तिवारीका अनुसार योजना आयोगबाट मन्त्रालयले १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएको छ। जसमध्ये ऊर्जा क्षेत्रतर्फ ८१ अर्ब रुपैयाँ र जलश्रोत, सिँचाई, नदी नियन्त्रण, जलउत्पन्न प्रकोप नियन्त्रण, जल तथा मौसम विज्ञान विभाग आदि क्षेत्रमा ३१ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकिएको छ। 

ऊर्जा क्षेत्रतर्फको ८१ अर्ब रुपैयाँमध्ये ५५ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणअन्तर्गतका आयोजनाहरुमा खर्च गर्ने गरी योजना बनाउन लागिएको तिवारीको भनाइ छ। ‘आयोजना छनाेट र बजेट विनियोजनसम्बन्धी अर्थ मन्त्रालयसँगको छलफल बुधबारबाट छ। नयाँ कार्यक्रम भनेर त्यस्तो धेरै त हुँदैनन्। पुरानै कार्यक्रमलाई नै बढी फोकस गर्ने गरी बजेट ल्याउने भनेर प्रारम्भिक छलफल भएका छन्। अब अहिलेको सन्दर्भमा सिलिङ घट्छ कि बढ्छ टुंगो छैन,’ तिवारीले नेपाल लाइभसँग भने। 

निरन्तर चलिरहेका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नका लागि आवस्यकताभन्दा थप बजेट विनियोजन गर्नु परे पनि गर्ने तर नयाँ योजना नल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको छ। त्यसमा आगामी आर्थिक वर्षका लागि ऊर्जा क्षेत्रलाई भन्दा सिँचाई र जलश्रोत क्षेत्रलाई बढी प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको छ। 

‘अहिलेकै सन्दर्भमा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिँदा सिँचाई क्षेत्रलाई बढी बजेट छुट्याउनुपर्ने हुनसक्छ। सिँचाईमा पनि नयाँ योजना ल्याउनेभन्दा पनि भएका योजनालाई नै प्राथमिकीकरण गर्न सकिन्छ। सिँचाईसम्बन्धी आयोजनाहरुको मर्मत सम्भारलाई र भएका सिँचाई प्रणालीलाई चुस्त दुरुस्त राखेर सिँचाई निरन्तरता दिने भनेर छलफल भइरहेको छ,’ महाशाखा प्रमुख तिवारीले भने। 

तराईका जिल्लामा स्यालो ट्युबेल र पहाडका जिल्लामा सोलार लिफ्ट प्रविधिको प्रयोगबाट बढीभन्दा बढी खेतीयोग्य जमिनमा सिंँचाई सुविधा पुर्‍याउने भनेर मन्त्रालयले यस वर्षका नीति तथा कार्यक्रम र बजेटमा ती विषयलाई समेट्ने छ। 

‘तराईका जिल्लामा सिँचाई नपुगेका क्षेत्रमा भूमिगत ट्युबेल बनाउन सके छिटो सिँचाई हुन्छ। त्यस्तै पहाडका जिल्लामा पनि लिफ्ट प्रविधिमार्फत सिँचाई सुविधा पुर्‍याउन सकिन्छ। कृषिका स-साना पकेट क्षेत्रमा हामीले त्यसरी पनि सिँचाईको सुविधा उपलब्ध गराउन सक्छौं। त्यसकारण यो कार्यक्रमलाई बढी प्राथमिकता दिने भनेका छौं,’ सहसचिव तिवारी भन्छन्। ‘हुन त यी योजना र कार्यक्रमहरु अहिले पनि छन, तर आगामी आर्थिक वर्षको कार्यक्रममा त्यसलाई विशेष प्राथमिकता दिने भनेको हो।’ 

त्यस्तै ऊर्जा क्षेत्रमा पनि नयाँ आयोजना ल्याउनभन्दा अहिले निर्माणको चरणमा रहेका आयोजनालाई नै बढी महत्व दिएर काम गर्ने गरी बजेट योजना बनाउने सोचमा मन्त्रालय देखिन्छ। विद्युत उत्पादन सुरु गर्न थालेका आयोजनामा प्रशारण लाइनको विस्तार गर्ने कामलाई बढी जोड दिइने र ग्रामीण विद्युतीकरणलाई विस्तार गर्ने योजना पनि प्राथमिकतामा रहनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्ला आर्थिक वर्ष र चालु आर्थिक वर्षमा निर्माणको चरणमा गइसकेका आयोजनामा यसवर्ष भौतिक प्रगति निकै कम हुने देखिन्छ। त्यसै पनि विकास निर्माणका आयोजनामा पहिलो र दोस्रो चौमासिकका तुलनामा तेस्रो चौमासिकमा बढी काम हुन्छ। तर यसवर्ष कोरोना कहरका कारण तेस्रो चौमासिकमा पनि विकास निर्माणका काम हुन सकेनन्। जसकारण मन्त्रालय र मातहतका निकायले यसवर्ष गर्नुपर्ने कामसमेत आगामि वर्ष गर्नुपर्नेछ।

आगामी आर्थिक वर्षका बजेटमा पर्न सक्ने सम्भावित आयोजनाका रुपमा सुनकोसी मरिन डाइभर्सन हो। मन्त्रालयले यो आयोजनालाई यसैवर्षदेखि प्रकृयामा लैजाने भनेको थियो। २ नंम्बर प्रदेशको सिँचाईका लागि महत्वपूर्ण आयोजना भएका कारण पनि यसैआर्थिक वर्षमा नै ठेक्का पट्टाका काम सकिसक्ने मन्त्रालयको तयारी थियो। तर कोरोना संक्रमणपछिको लकडाउनका कारण त्यो रोकियो। यसकारण यो आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ स्थान पाउनसक्ने देखिन्छ। 

जनताको जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत राखिएका आयोजनाहरु आगामी आर्थिक वर्षभित्र निर्माणको चरणमा जान सक्ने सम्भावना अत्यन्त न्यून देखिएको छ। ती आयोजना निर्माणका लागि प्रारम्भिक प्रकृया पुरा गर्न मन्त्रालयले पहल गर्नेछ भने निर्माण कार्य नै सुरु गरिसक्ने अवस्थामा भने कुनै पनि आयोजना पुग्न सक्ने देखिँदैन। ‘जनताको जलविद्युत आयोजना कार्यक्रममा पूर्व तयारी लगायतका कामहरु हुन सक्छन्। तर निर्माणको चरणमा गईहाल्ने गरी कुनै पनि आयोजनामा सम्भावना देखिँदैन। त्यसकारण ती आयोजनामा धेरै बजेट विनियोजनको सम्भावना रहँदैन,’ तिवारीले भने। 

त्यस्तै, बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाका लागि पनि १३ अर्ब रुपैयाँ हाराहारी विनियोजन गर्ने मन्त्रालयले योजना बनाएको छ। चालु आर्थिक वर्षमा पनि बुढीगण्डकी आयोजनाको मुआब्जा वितरणका लागि १३ अर्ब बढी छुट्याईएको थियो। 

सरकारलाई बजेटको श्रोत खोज्न समस्या भएका कारण पनि नयाँ आयोजनाहरुलाई कम प्राथमिकतामा राखिएको हुनसक्ने तिवारीको बुझाइ छ। ‘नयाँ योजना ल्याउनका लागि श्रोत पनि चाहियो। यसपटक वैदेशिक ऋण र अनुदानमा बढी भरपर्नुपर्ने अवस्था आएकाले नयाँ आयोजनालाई प्राथमिकता बाहिर राखिएको पनि हुनसक्छ। मन्त्रालयले त प्राप्त सिलिङभित्र बसेर कार्यक्रम प्रस्ताव गर्ने हो। त्यहिअनुसार अर्थ मन्त्रालयमा पनि छलफल हुन्छ,’ सहसचिव तिवारीले भने।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०९:३६
  • #Budget
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्द... शनिबार, भदौ २७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र... शनिबार, भदौ २७, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्