• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश जारी भएपछि के गर्छन् प्रचण्ड?

64x64
वीरेन्द्र ओली सोमबार, वैशाख ८, २०७७  २३:४२
1140x725

काठमाडौं- सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्ने देखिएको छ। पार्टीभित्र पर्याप्त छलफल र बहस नै नगरी महामारीका बेला अध्यादेश ल्याएको भन्दै यसले विवादको बिजारोपण गरिसकेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी दिएको भनिएपनि पार्टीमा असझदारी बढ्ने देखिएको छ। अध्यादेशबाट झलनाथ खनाल, नाराणकाजी श्रेष्ठ र वामदेव गौतमलाई पिरोलेपनि प्रचण्डलाई सबैभन्दा धेरै झट्का लागेको छ।

ओलीले बाहिर नेकपालक्षित अध्यादेश नभएको स्पष्टीकरण दिएपनि प्रचण्डलाई आफ्नो तागत देखाई दिएका छन्। नेकपामा प्रचण्डले पूर्वएमाले समूहका नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई एक बनाएर अप्ठ्यारो पारेमा पार्टी फुटाउन सक्छु भन्ने स्पष्ट संकेत दिएका छन्। यस्तो बेला प्रचण्डले पूर्व एमाले समूहका नेतालाई आफूतिर तान्न सक्ने एकदमै कम सम्भावना छ। 

सचिवालय बैठकमा नेपाल र गौतमले अध्यादेशबारे सफ्ट भाषामा असहमति राखे। यसले पनि पूर्व एमाले समूहलाई प्रचण्डले आफूतिर तान्न सक्ने कम सम्भावना छ। यदि नेपाल नआए गौतम र खनालको जोडमा प्रचण्ड बलियो हुने सम्भावना कम छ। यस्तो अवस्थामा प्रचण्डले 'यूर्टन' लिन सक्ने पूर्व माओवादी नेताहरू बताउँछन्। प्रचण्ड एउटा नेता मात्रै नभई एउटा आन्दोलन नै भएकाले जस्तोसुकै निर्णय लिन सक्ने एक माओवादी समूहका नेताले बताए। 

झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनेदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउँदासम्म नसोचेको निर्णय प्रचण्डले गरेका थिए। एमाले-माओवादी गठबन्धन समीकरणको सरकार बनाउँदा र छोड्दादेखि एकतासम्मको अवस्थामा समेत धेरैले विश्वास गरेका थिएनन्। तर, प्रचण्डले माओवादी नेताहरूलाई 'कन्भिन्स' गराएर आफू अनुकुल निर्णय गर्दै आएका छन्। 

अध्यक्ष ओली र प्रचण्डबीच कार्यविभाजन ४ मंसिरमै भएपनि अहिलेसम्म प्रचण्डलाई 'स्पेस' दिएका छैन। ओलीले पार्टी र सरकार सञ्चालनमा प्रचण्डलाई पर धकेल्दै लगेपछि असन्तुष्ट हुँदै आएका छन्। पार्टी एकता गरेदेखि प्रचण्ड र ओलीबीच मिलन र खटपट बारम्बार हुँदै आएको छ। 

‘पूर्व माओवादी समूहको सबैभन्दा पहिलो पार्टी विभाजन नगरी एकता नै गर्ने भन्ने हुन्छ। हामीले फुटाउन एकता गरेका होइन,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘यदि पार्टीमा प्रधानमन्त्री वा एमाले समूहले फुटाए भने भन्न सकिँदैन। हामीहरु एकताकै पक्षमा छौं।’ एकता हुनै नसक्ने अवस्था मात्रै नेकपा विभाजित हुने गजुरेलले बताए। 

उता प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डले अनावश्यक रुपमा एमाले समूहमा खेलेको भन्दै निक्कै असन्तुष्ट छन्। एमाले समूहमा कहिले खनाल, कहिले नेपाल र कहिले गौतमलाई साथमा लिएर सरकारका कामकारबाहीमा असर गरेको ओली समूहको बुझाइ छ। अध्यादेश ल्याएपछि प्रचण्ड समूहले आफूमाथि पेल्न छोडोस् भन्ने ओलीको चाहना रहेको बुझ्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्ष प्रचण्डलाई विधेयक आउँदैछ भन्ने जानकारी भएपनि यही महामारीका बेला आउला भन्नेमा विश्वास गरेका थिएनन्। उनले सचिवालय बैठकपछि पूर्व माओवादी पक्षका मन्त्रीहरूसँग छलफल गर्ने भनेर तयारी गरेका थिए। यसबारे उनले छलफल गरेका छैनन्। बैठकपछि प्रचण्ड समूहले धारणा बनाउन सक्ने ठानिएको छ। 

प्रचण्डले पार्टीमा कुनै महत्वपूर्ण निर्णय गर्नु पर्नेमा भएमा सचिवालयमा सल्लाह गर्नेमा पहिलो नारायणकाजी श्रेष्ठ हुन् भने दोस्रो नम्बरमा रामबहादुर थापा बादल आउँछन्। उच्च तहमा भएका श्रेष्ठ र थापा भएपनि दुवै जनालाई प्रचण्डले शंका र विश्वासका नजरले पनि हेर्छन्। स्थायी कमिटीमा सबैभन्दा धेरै विश्वास गरेर आफ्नो कुरा सेयर गर्ने र सल्लाह गर्नेमा जनार्दन शर्मा र वर्षमान पुन, अग्नीप्रसाद सापकोटा र हरिबोल गजुरेल पर्छन्। सबै निर्णय प्रचण्ड आफैले गर्ने गरेपनि ती नेतालाई एकपटक सोध्ने गर्छन्। यसअघि एमाले माओवादी एकता हुनुअघि तालमेलका लागि प्रचण्डले कांग्रेस चुनावी छलफल गर्न पुनलाई पठाएका थिए भने शर्मालाई एमालेसंँग कुरा गर्न पठाएका थिए। शर्माले एमालेबाट ४० प्रतिशतको भाग लिएर आए भने पुनले कांग्रेसबाट जम्मा ३० प्रतिशत भाग लिएर। अन्तमा प्रचण्डले शर्मालाई एमालेसँग तालमेल मात्रै नभई एकता गर्ने गरी छलफल गर्न निर्देशन दिए। तत्कालीन एमालेका वामदेव गौतम माओवादीबाट शर्माले सहजीकरण गरेर एकता टुंगिएको थियो।

यसअघि प्रचण्डले आफ्ना कुरा सेयर गर्न र सल्लाह लिन पोष्टबहादुर बोगटीसँग सल्लाह गर्ने गरेका थिए। बोगटीले आफ्नो स्वार्थ नराखी सल्लाह दिने भएकाले प्रचण्डले सबैभन्दा धेरै विश्वास उनको गर्थे। बोगटीको निधन भएपछि कृष्णबहादुर महरालगायत नेताहरुसँग सल्लाह गर्दै आएका थिए। महरालाई यौन दुराचारको आरोप लागेपछि शर्मा, पुन, सापकोटा र गजुरेलसँग सल्लाह लिने गरेका छन्। उनीहरूसँग पनि प्रचण्डले औपचारिक रुपमा छलफल गर्न पाएका छैनन्। यसबाट प्रचण्ड तत्कालका लागि 'पर्ख र हेर'कै अवस्थामा छन् भन्ने बुझ्न सकिन्छ।

मन्त्रीहरूको प्रतिवाद, प्रधानमन्त्रीको आधा घण्टे ब्रिफिङ
प्रधानमन्त्री ओलीले अध्यादेश मन्त्रिपरिषद्‍मा पेस गरी पारित गर्ने क्रममा आफ्नै मन्त्रीहरूले असहमति जनाएपछि उल्टै आधा घण्टा बिफ्रिङ गरेका थिए। अध्यादेश मन्त्रिपरिषद्‍को ठाडो प्रस्तावबाट पारित गर्ने क्रममा मन्त्री घनश्याम भुसाल, प्रदीप ज्ञावली र वर्षमान पुनले अहिले गर्न हुँदैन भन्दै असहमति जनाएका थिए।

‘केही मन्त्रीज्यूहरुले प्रधानमन्त्रीज्यू यो बेला अध्यादेश ल्याउने होइन, यो बेमौसमी बाजा भयो। यो अध्यादेशले नेकपा मात्रै होइन, अरु दललाई फुटाउन प्रेरित गर्छ। सबैसँग मिलेर महामारीविरुद्ध लड्ने बेला हो। अध्यादेश ल्यायो भने सरकारलाई राम्रो गर्दैन भन्नु भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले यो अध्यादेश नेकपाप्रति लक्षित होइन। नेकपालाई फुटाउन ल्याएको अध्यादेशपनि होइन। यो अध्यादेशबारे तपाईंहरुले राम्रोसंग बुझ्नुस् भन्दै आधा घण्टासम्म 'कन्भिन्स' गर्नु भयो।’ 

अध्यादेशले अस्थिरता नल्याएर दलहरूलाई व्यवहारिक रुपमा सहज बनाउने भन्दै प्रधानमन्त्रीले 'कन्भिन्स' गराएका थिए। ‘अहिले नेकपामा केन्द्रीय सदस्य यति धेरै छन्। आफै सबै केन्द्रीय सदस्य चिन्दिनँ,’ बैठकमा सहभागी ती मन्त्रीले भने, ‘संसदीय दलको नेता र निर्वाचित सांसद् निर्णायक हुन्। यसमा हामी सबैले बुझ्नुपर्छ।’

राष्ट्रपतिले जारी गरिसकेको भन्दै बैठक सकियो 
नेकपा सचिवालय बैठक साढे ५ बजेका लागि बोलाएपनि नेताहरू ढिलो गरी बालुवाटार पुगेका थिए। अध्यादेशबारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई जनाउ दिएपनि अरु नेतालाई दिएका थिएनन्। तर, बैठकको सिनारियो फरक भयो। अध्यादेशबारेमा सबैभन्दा धेरै अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालले विरोध गरको एक सचिवालय सदस्यले बताए।

माधव नेपाल र वामदेव गौतम, महासचिव विष्णु पौडेलले बैठकमा अध्यादेशबारेमा बीचबीचमा रहेर धारणा राखेको ती सदस्यले बताए। तर, प्रधानमन्त्री ओली र ईश्वर पोखरेलले अध्यादेशको बचाउमा लागेका थिए। अध्यादेशबारेमा चर्को बहस हुने क्रममा जाने क्रममा राष्ट्रिपतिबाट जारी भइसकेको भनिएपछि बैठक छोटिएको हो।

‘राष्ट्रिय महत्व राख्ने अध्यादेशको विषयमा पार्टीमा प्राप्त बहस छलफल हुनुपर्ने थियो। त्यो हुन सकेन,’ पार्टी प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘राष्ट्रपतिले जारी गरिसकेको भन्ने भएपछि विषय नै सकियो। आगामी दिनमा यस्तो नगरौं भन्ने भयो।’ 

सचिवालय बैठक सकिए लगतै प्रधानमन्त्री ओली बालुवाटारबाट सिधै राष्ट्रपति भेट्न पुगेका थिए।   

अध्यादेशले नेकपादेखि राजपासम्म खैलाबैला
प्रधानमन्त्री ओलीले अध्यादेश पारित गरेपछि नेकपादेखि समाजवादी र राजपासम्म खैलाबैला मच्चिएको छ। अध्यादेशले केन्द्रीय सदस्य वा संसदको ४० प्रतिशत पुर्‍याए पार्टी फुटाउन सक्ने सहज कानुन पारित गराएपछि एकता राम्रोसँग हुन नपाएका पार्टीहरूमा ठूलो शंका उब्जाएको छ। ओली-प्रचण्डको सत्ता संर्घषले नेकपा पहिलो सिकार नभएपनि विस्तारै गाँज्न सक्ने विश्लेषण गर्न थालिएको छ। 

मन्त्रिपरिषद बैठक र सचिवालय बैठकमा अध्यादेश नेकपा लक्षित नभएको स्पष्टिकरण दिएपनि अछुतो भने हुन नसक्ने देखिएको छ। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी फुटाउन किन आवश्यक भएको भन्दै प्रश्न गरेका छन्। अध्यादेशले कतै आफैलाई नोक्सानी गर्दैन भन्दै शर्माले आशंका व्यक्त गरेका छन्। यस्तै स्थायी कमिटी सदस्य हरिबोल गजुरले अध्यादेश ल्याएर प्रधानमन्त्रीले बेमौसमी बाजा बजाउने काम गरेको बताए।  

अध्यादेशले समाजवादी र राजपामा पनि फुटको आशंका भुसको आगो जस्तै फैलिएको छ। 'फुटाउ र राज गर' भन्ने उद्देश्यले अध्यादेश ल्याएको राजपा अध्यक्ष मण्डलका एक सदस्यले बताए। ‘यस अध्यादेशले नेकपादेखि समाजवादी र राजपा कसैलाई छोड्ने छैन,’ ती नेताले भने, ‘अब राजनीतिक स्थिरता होला भन्ने बेला झन् अस्थिरता निम्तने भयो।’ 

अध्यादेश पारित भएपछि राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव र अनिल झा प्रधानमन्त्रीसँग उठबस भई रहेकाले कतै आफ्नै पार्टीप्रति लक्षित होइन भन्दै नेताहरू झस्किन थालेका छन्। मधेस केन्द्रित  ६ दल मिलेर बनेको राजपा राम्रोसँग एकता हुन नपाउँदै फुट्ने त होइन भन्दै विश्लेषण गर्न थालिएको छ। 

संघीय समाजवादी पार्टीमा पनि अध्यादेश तरंग ल्याएको छ। सरकारबाट भर्खरै बाहिरएको समाजवादीमा उपेन्द्र यादव समूह र अशोक राई समूहबाट पार्टी छोडेर जान सक्ने भन्दै बहस सुरु भएको छ। तर, समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले यस अध्यादेशले आफ्नो पार्टीलाई फुटाउन नसक्ने दाबी गरे। बरु उल्टै अध्यादेशबाट सबैभन्दा पहिला राजपा र नेकपा सिकार हुने भन्दै तिर अन्तैतिर सोझ्याएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २३:४२
  • #prachanda
  • #दल_फुटाउने_अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति बागमती प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबीच मंगलबार ६ बुँदे समझदारी भएको हो। केन्द्र... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्