• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनविदहरूको टिप्पणी : सरकारले ल्याएका अध्यादेश बेमौसमी बाजा

64x64
दुर्गा दुलाल सोमबार, वैशाख ८, २०७७  १९:४७
1140x725
फाइल तस्बिर

काठमाडौं- विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएको समयमा एकाएक सरकारले दुई वटा अध्यादेश जारी गरेपछि कानुनविद्हरूले संवैधानिक व्यवस्थासँग अमिल्दो गरी अध्यादेश आएको टिप्पणी गरेका छन्। 

लकडाउनका बेला सरकारले सबैलाई चिकित बनाउने गरी दल फुटाउने व्यवस्था सहज बनाउने र प्रमुख प्रतिपक्ष बिना नै संवैधानिक परिषदले सिफारिस गर्न सक्ने गरी संविधान नै संशोधन गर्ने अध्यादेश जारी भएपछि कानुनविदहरुको यस्तो टिप्पणी आएको हो। 

संवैधानिक कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सरकारको यो कार्य बेमौसमी बाजा भएको बताए। देश अहिले कोरोनाको महामारीमा रहेको र महामारीबाट कसरी निकासा निकाल्ने हुनुपर्नेमा राजनैतिक खिचातानीको लागि संविधान संशोधनको प्रस्ताव गर्नु गलत भएको उनले बताए।

‘यो संसदमा ल्याएर छलफल गर्न सकिने विषय होला तर अहिले सान्र्दभिक देखिँदैन,’ उनले भने, ‘यो संवैधानिक महत्वको ऐन संशोधन हो, यो साधारण ऐन संशोधन मात्र होइन।’ यो महत्वपूर्ण भएकाले अहिले किन आवश्यकता पर्‍यो भन्ने कुरा विवादास्पद नै भएको उनको टिप्पणी छ। 

राजनीतिक सहमतिका आधारमा संवैधानिक नियुक्ति हुने व्यवस्था अब समाप्त भएको र विवादका ठाउँ झन् बढेको उनले बताए। ‘संसद नभएको समयमा कुनै आपत विपत् आइपर्‍यो र संसद बोलाएर ऐन पारित समय लाग्ने भएकाले ठूलो समस्या हुँदा मात्र अध्यादेश जारी गर्ने संविधानको व्यवस्था हो,’ शाक्यले भने, ‘तर अहिले जारी भएका अध्यादेश त्यो विषयवस्तु हो। जस्तो मलाई लागेन।’ 

संवैधानिक कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीले पनि सरकारको निर्णय न्यायचित नभएको बताए। ‘यो न त दल विभाजनसम्बन्धी सैद्धान्तिक छलफल गर्ने बेला हो। न त विधेयक ल्याउने बेला नै,’ उनले भने, ‘तीन वर्ष अघि नयाँ ऐनमार्फत् ल्याइएको वर्तमान प्रावधान सबै किसिमले ठिक देखिन्छ। संसद् अधिवेशनमा छैन भन्नुको अर्थ छाडा दृष्टिकोण राख्न पाउनु पर्छ भन्ने सोचिनु हुँदैन।’ 

नेपाल बारका पुर्व महासचिव सुनिलकुमार पोखरेलले यो संवैधानिक व्यवस्थाप्रतिको बेइमानी भएको बताए। अध्यादेश तत्काल केही गर्न आवश्यक भएमात्र ल्याउने हो। राजनीतिक दल सम्बन्धी अध्यादेश केका लागि संशोधनको आवश्यकता पर्‍यो,’ उनले भने, ‘अहिले राजनीति नगरौं भन्दै आएको सरकारले यो राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्नु र अहिले कोरोना भाइरसबाहेक अन्य विषयको आवश्यकता छैन। यो सरासर संवैधानिक व्यवस्था प्रतिको बेइमानी हो।’

वरिष्ठ अधिवक्ता शाक्यका अनुसार यो छलफलको विषय हुनसक्ने तर अध्यादेशबाट अहिलेको अवस्थामा ल्याउने आवश्यकता विषय नभएको बताउँदै भने, 'देशमा कोरोना भाइरसको महामारी विरुद्ध लड्न कानुनी अध्यादेश ल्याएको भए सरकारलाई धन्यवाद दिनुपर्ने अवस्था थियो। राजनीतिक विवाद हुने विषय ल्याएर गलत गरेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अहिले संवैधानिक परिषद्मा गणपूरक घटाए अप्ठ्यारो पर्ने बताए।  

‘परिषद्‍मा उपसभामुख नै नराख्ने जस्तो वाहियात कुरा गर्नै पाइन्छ पाइन्छ र? अध्यादेश ल्याउँदा त प्रतिपक्षी पार्टीसँग पनि सम्बन्ध खल्बलिन्छ। त्यसकारण यो कुराले अप्ठ्यारै अवस्था सिर्जना गर्ने देखिन्छ।’

संवैधानिक परिषद्‍मा प्रतिपक्षी दल रहने संविधानको परिकल्पना भएकाले यसलाई अन्यजस्तो ऐन संशोधन सम्झेर सरकारले गलत कार्यमा हात हालेको उनको भनाई छ। सवैधानिक कानुनविद विपीन अधिकारीपनि सरकारले ल्याएको अध्यादेशप्रति सन्तुष्ट छनै। 'संसद् छैन भन्दैमा सरकारले छाडा दृष्टिकोण राखेर काम गर्न नहुने उनको सुझाव छ।'

नेपालको संविधान ०७२ को धारा २८४ मा संवैधानिक परिषद् गठनसम्बन्धी व्यवस्था छ। प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस परिषद्ले गर्ने गर्छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्यहरुमा  प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख,  राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र  प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ। तर,  प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने संविधानमा उल्लेख छ।

उपसभामुख देखाएर संविधान संशोधन! 
उपसभामुख नभएको बेला संवैधानिक प्रावधानका कारण निर्णय गर्न गाह्रो भयो त्यसलाई मिलाउन खोजिएको तर्क सत्ता पक्षको छ। तर यो तर्कमा सहमत हुने आधार देखिँदैन।

उपसभामुख हुदाँ निर्णय गर्न बाधा हुने भएमात्र यसलाई चलाउनुपर्ने कानुनविदहरुको दाबी छ। तर अहिलको कोरोनाको संकट भएको समयमा ल्याइएको र प्रतिपक्षबिहीन संवैधानिक अंगको सिफारिस गर्ने कानुन आफैमा निरंकुश भएको कानुनविद्हरूको टिप्पणी छ। 

संविधानविद् डा.विपिन अधिकारीले उपसभामुख नहुँदैमा अध्यादेश ल्याउने आवश्यता नभएको बताए। ‘परिषद्को सदस्य रहने उपसभामुख छैन भने नियुक्त गर्न सकिन्छ। तर, गणपूरक संख्या घटाउने गरी अध्यादेश ल्याइएको हो भने त्योे अभ्यास हो,’ अधिकारीले भने, ‘देश यकातिर संकटमा छ सरकारले अर्कोतिर काम गर्नु त्यो पनि सविधान संशोधनको कार्य गर्नु छाडा दृष्टिकोण राख्नु हो।’

सरकारले संविधानको तत्काल कुनै काम गर्न आवश्यकता परे अध्यादेश जारी गर्न सक्ने व्यवस्थालाई टेकेर राजनीतिक दलसम्बन्धी ऐन संशोधन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश मन्त्रिपरिषदले पारित गर्दै राष्ट्रपतिले जारी गरिसकेकी छन्।

कानुन बनाउने थलो संसदको अधिवेशन पनि यही महामारीका कारण बन्द रहेको छ। यस्तो बेला अनावश्यक अध्यादेश ल्याउनुले सरकारको नियतमाथि प्रश्न उब्जाएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्