• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कानुनविदहरूको टिप्पणी : सरकारले ल्याएका अध्यादेश बेमौसमी बाजा

64x64
दुर्गा दुलाल सोमबार, वैशाख ८, २०७७  १९:४७
1140x725
फाइल तस्बिर

काठमाडौं- विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएको समयमा एकाएक सरकारले दुई वटा अध्यादेश जारी गरेपछि कानुनविद्हरूले संवैधानिक व्यवस्थासँग अमिल्दो गरी अध्यादेश आएको टिप्पणी गरेका छन्। 

लकडाउनका बेला सरकारले सबैलाई चिकित बनाउने गरी दल फुटाउने व्यवस्था सहज बनाउने र प्रमुख प्रतिपक्ष बिना नै संवैधानिक परिषदले सिफारिस गर्न सक्ने गरी संविधान नै संशोधन गर्ने अध्यादेश जारी भएपछि कानुनविदहरुको यस्तो टिप्पणी आएको हो। 

संवैधानिक कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सरकारको यो कार्य बेमौसमी बाजा भएको बताए। देश अहिले कोरोनाको महामारीमा रहेको र महामारीबाट कसरी निकासा निकाल्ने हुनुपर्नेमा राजनैतिक खिचातानीको लागि संविधान संशोधनको प्रस्ताव गर्नु गलत भएको उनले बताए।

‘यो संसदमा ल्याएर छलफल गर्न सकिने विषय होला तर अहिले सान्र्दभिक देखिँदैन,’ उनले भने, ‘यो संवैधानिक महत्वको ऐन संशोधन हो, यो साधारण ऐन संशोधन मात्र होइन।’ यो महत्वपूर्ण भएकाले अहिले किन आवश्यकता पर्‍यो भन्ने कुरा विवादास्पद नै भएको उनको टिप्पणी छ। 

राजनीतिक सहमतिका आधारमा संवैधानिक नियुक्ति हुने व्यवस्था अब समाप्त भएको र विवादका ठाउँ झन् बढेको उनले बताए। ‘संसद नभएको समयमा कुनै आपत विपत् आइपर्‍यो र संसद बोलाएर ऐन पारित समय लाग्ने भएकाले ठूलो समस्या हुँदा मात्र अध्यादेश जारी गर्ने संविधानको व्यवस्था हो,’ शाक्यले भने, ‘तर अहिले जारी भएका अध्यादेश त्यो विषयवस्तु हो। जस्तो मलाई लागेन।’ 

संवैधानिक कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीले पनि सरकारको निर्णय न्यायचित नभएको बताए। ‘यो न त दल विभाजनसम्बन्धी सैद्धान्तिक छलफल गर्ने बेला हो। न त विधेयक ल्याउने बेला नै,’ उनले भने, ‘तीन वर्ष अघि नयाँ ऐनमार्फत् ल्याइएको वर्तमान प्रावधान सबै किसिमले ठिक देखिन्छ। संसद् अधिवेशनमा छैन भन्नुको अर्थ छाडा दृष्टिकोण राख्न पाउनु पर्छ भन्ने सोचिनु हुँदैन।’ 

नेपाल बारका पुर्व महासचिव सुनिलकुमार पोखरेलले यो संवैधानिक व्यवस्थाप्रतिको बेइमानी भएको बताए। अध्यादेश तत्काल केही गर्न आवश्यक भएमात्र ल्याउने हो। राजनीतिक दल सम्बन्धी अध्यादेश केका लागि संशोधनको आवश्यकता पर्‍यो,’ उनले भने, ‘अहिले राजनीति नगरौं भन्दै आएको सरकारले यो राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्नु र अहिले कोरोना भाइरसबाहेक अन्य विषयको आवश्यकता छैन। यो सरासर संवैधानिक व्यवस्था प्रतिको बेइमानी हो।’

वरिष्ठ अधिवक्ता शाक्यका अनुसार यो छलफलको विषय हुनसक्ने तर अध्यादेशबाट अहिलेको अवस्थामा ल्याउने आवश्यकता विषय नभएको बताउँदै भने, 'देशमा कोरोना भाइरसको महामारी विरुद्ध लड्न कानुनी अध्यादेश ल्याएको भए सरकारलाई धन्यवाद दिनुपर्ने अवस्था थियो। राजनीतिक विवाद हुने विषय ल्याएर गलत गरेको छ।'

Ncell 2
Ncell 2

राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अहिले संवैधानिक परिषद्मा गणपूरक घटाए अप्ठ्यारो पर्ने बताए।  

‘परिषद्‍मा उपसभामुख नै नराख्ने जस्तो वाहियात कुरा गर्नै पाइन्छ पाइन्छ र? अध्यादेश ल्याउँदा त प्रतिपक्षी पार्टीसँग पनि सम्बन्ध खल्बलिन्छ। त्यसकारण यो कुराले अप्ठ्यारै अवस्था सिर्जना गर्ने देखिन्छ।’

संवैधानिक परिषद्‍मा प्रतिपक्षी दल रहने संविधानको परिकल्पना भएकाले यसलाई अन्यजस्तो ऐन संशोधन सम्झेर सरकारले गलत कार्यमा हात हालेको उनको भनाई छ। सवैधानिक कानुनविद विपीन अधिकारीपनि सरकारले ल्याएको अध्यादेशप्रति सन्तुष्ट छनै। 'संसद् छैन भन्दैमा सरकारले छाडा दृष्टिकोण राखेर काम गर्न नहुने उनको सुझाव छ।'

नेपालको संविधान ०७२ को धारा २८४ मा संवैधानिक परिषद् गठनसम्बन्धी व्यवस्था छ। प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस परिषद्ले गर्ने गर्छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सदस्यहरुमा  प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख,  राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र  प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ। तर,  प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने संविधानमा उल्लेख छ।

उपसभामुख देखाएर संविधान संशोधन! 
उपसभामुख नभएको बेला संवैधानिक प्रावधानका कारण निर्णय गर्न गाह्रो भयो त्यसलाई मिलाउन खोजिएको तर्क सत्ता पक्षको छ। तर यो तर्कमा सहमत हुने आधार देखिँदैन।

उपसभामुख हुदाँ निर्णय गर्न बाधा हुने भएमात्र यसलाई चलाउनुपर्ने कानुनविदहरुको दाबी छ। तर अहिलको कोरोनाको संकट भएको समयमा ल्याइएको र प्रतिपक्षबिहीन संवैधानिक अंगको सिफारिस गर्ने कानुन आफैमा निरंकुश भएको कानुनविद्हरूको टिप्पणी छ। 

संविधानविद् डा.विपिन अधिकारीले उपसभामुख नहुँदैमा अध्यादेश ल्याउने आवश्यता नभएको बताए। ‘परिषद्को सदस्य रहने उपसभामुख छैन भने नियुक्त गर्न सकिन्छ। तर, गणपूरक संख्या घटाउने गरी अध्यादेश ल्याइएको हो भने त्योे अभ्यास हो,’ अधिकारीले भने, ‘देश यकातिर संकटमा छ सरकारले अर्कोतिर काम गर्नु त्यो पनि सविधान संशोधनको कार्य गर्नु छाडा दृष्टिकोण राख्नु हो।’

सरकारले संविधानको तत्काल कुनै काम गर्न आवश्यकता परे अध्यादेश जारी गर्न सक्ने व्यवस्थालाई टेकेर राजनीतिक दलसम्बन्धी ऐन संशोधन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश मन्त्रिपरिषदले पारित गर्दै राष्ट्रपतिले जारी गरिसकेकी छन्।

कानुन बनाउने थलो संसदको अधिवेशन पनि यही महामारीका कारण बन्द रहेको छ। यस्तो बेला अनावश्यक अध्यादेश ल्याउनुले सरकारको नियतमाथि प्रश्न उब्जाएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की सो विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा,... बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ : ईश्वर पोखरेल बुधबार, मंसिर २४, २०८२
सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो बुधबार, मंसिर २४, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्