काठमाडौं– नेपाल प्रहरीका डिआईजी रमेश खरेलले नवनियुक्त आईजिपी सर्वेन्द्र खनाललाई बधाई दिएका छन्। बधाई दिदै उनले आफु २९ वर्षे प्रहरी सेवाबाट अलगिने निर्णय लिएको बताएका छन्।
बुधबार फेसुबकमा उनले लेखेका छन्– नव नियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !
खनाललाई आईजिपी बनाएपछि असन्तुष्टि जनाउँदै खरेलले राजिनामा दिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।