• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीका पाँच गलत र भ्रामक दाबी

दीपक अधिकारी आइतबार, वैशाख ७, २०७७  १७:२६
1140x725

गत चैत २९ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सातै प्रदेशका मुख्य मन्त्रीहरुसित जारी बन्दाबन्दी र कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फ्रेन्सको माध्यमबाट छलफल गरेका थिए। उक्त छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा बोलेका थिए।

एक साता पुरानो उक्त भिडियो बैशाख ६ गते ट्वीटर र फेसबुकमा भाइरल भएको थियो। मुलुकको प्रधानमन्त्रीले व्यक्त गरेका विचारलाई अधिकांश देशवासीले पछ्याउने अनि पत्याउने भएकाले उनले दिएका सल्लाह र गरेका दाबीको हामीले तथ्यजाँच गरेका छौँ।

पहिलो दाबी 
“भाइरस भनेको निर्जीव तत्व हो। यो निर्जीव तत्वमा जुन बोसो हुन्छ, त्यसले जीवित तत्वको रुपमा सक्रिय गराइदिन्छ।”

पृथ्वीमा अनगिन्ति भाइरसहरु छन्। तीमध्ये अधिकांशले कुनै हानि गर्दैनन् भने केहीले मानिसलाई बिरामी बनाउँछन्। नोभल कोरोना भाइरसजस्ता केही चाहिँ घातक हुनसक्छन्। वैज्ञानिकहरुका अनुसार यो भाइरस न निर्जीव हो न सजीव नै। यो कुरा बुझ्न भाइरसको विकासक्रम र यो कसरी फैलिन्छ भन्ने बुझ्नुपर्छ। मानिस वा जनावरको शरीरमा नहुँदा भाइरस निर्जीव जस्तो हुन्छ। तर मानिस वा जनावरको शरीरमा प्रवेश पाएपछि यो सक्रिय हुनथाल्छ र यसले आफ्नो संख्या वृद्धि गर्छ। डा पुष्पमणि खरालको भनाइमा कोरोना भाइरस बीचको ‘ग्रे एरिया’ मा पर्दछ। “भाइरसको बारेमा धेरै अध्ययन भएका छन्। शुरुमा यसलाई जैविक रसायन भनियो। पछि निर्जीव भनियो। तर वास्तविकता के हो भने यो बीचको वस्तु हो,” उनले साउथ एसिया चेकलाई बताए। “कुनै पनि जीवित वस्तु (अर्थात् लिभिङ अर्गानिजम जसलाई हामी होस्ट भन्छाैँ) मा प्रवेश गरेपछि यसले आफ्नो संख्या बढाउँदै लैजान्छ भने निर्जीव वस्तुमा रहुञ्जेल यो निष्क्रिय रहन्छ।”

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस परिवारको पछिल्लो यो भाइरस कति घातक छ भन्ने कुरा त्यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतासँग कसरी लड्छ, कतिको संख्या वृद्धि गर्छ र फैलिन्छ भन्ने कुरामा भर पर्छ।

तर अहिलेसम्म पनि याे भाइरस निर्जीव हाे या सजीव भन्ने बहसकै विषय रहेकाे छ। इन्टरनेशनल जर्नल अफ करेन्ट माइक्रोवायोलोजी एण्ड अप्लाइड साइन्समा प्रकाशित एक लेखमा यसलाई जीवितको संज्ञा दिइएकाे छ भने अमेरिकाकाे नेशनल लाइब्रेरी अफ मेडिसिन नेशनल इन्स्टिचियुटस् अफ हेल्थमा प्रकाशित एक लेखले यसलाई निर्जीव हुनसक्ने जनाएकाे छ।

चिकित्सक र वैज्ञानिकहरुका यी भनाइ र शाेधका आधारमा प्रधानमन्त्री ओलीको यो दाबी भ्रामक छ।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो दाबी 
“तातोपानी खाने, बाफ लिने गर्यो भने ठीक हुन्छ।”

तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण हुँदैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक आधार छैन। विश्व स्वास्थ्य संगठनले समेत निर्जलीकरण (डिहाड्रेसन) हुनबाट बच्न बारम्बार पानी पिउने सल्लाह दिएको छ। तर तातोपानीले कोरोना भाइरसलाई निर्मुल पार्छ भन्ने कुरा प्रमाणित नभएको उसले जनाएको छ। डा खरालको विचार पनि मिल्दोजुल्दो छ। “प्रशस्त तातोपानी पिइयो भने घॉटीमा रहेको भाइरस पखालिएर पेटमा जानसक्ने भएर त्यसो भनिएको हुनसक्छ,” उनले भने, “तर धेरै तातो पानीले उल्टै क्षति गर्नसक्छ।” त्यस्तै रुघाखोकीको औषधिका रुपमा लिइने बाफले कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ भन्ने प्रमाणित तथ्य नभएको उनले बताए।

तेस्रो दाबी
“(यसबाट बच्न) चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने।”

प्रधानमन्त्री ओलीको यो सुझाव त्यतिखेर आएको छ, जतिबेला मुलुकमा बसन्त याम सकिएर गर्मी लाग्न शुरु हुँदैछ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे फैलिएका मिथ्यालाई चिर्नका लागि प्रकाशित गरेको सामग्रीमा आइसक्रिम बारेको भ्रामक सूचना पनि समावेश छ। उसले अहिलेसम्म आइसक्रिम खाँदा कोरोना भाइरस फैलिन्छ भन्ने कुराको कुनै प्रमाण नभएको जनाएको छ। “आइसक्रिम खानै नहुने हैन। यसबाट कोरोना भाइरस सर्छ भन्ने कुरा गलत हो,” डा खरालले बताए। आइसक्रिम चिसो हुने भएकोले यो खाँदा घाँटीको तापक्रम कम हुने कुरा साँचो भएपनि त्यसले कोरोना भाइरस सार्ने दाबी सही नभएको उनले बताए।

चौथो दाबी
“तातोपानीले हात धुने, मनतातो पानीले धुने। यो ठूलो विधि हो। भाइरस छ भने तातो पानीले हात धुने बित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो। मर्ने हैन, त्यो समाप्त हुन्छ।”

प्रधानमन्त्रीको यो दाबीमा छुटेको महत्वपूर्ण सामग्री हो साबुन। तातोपानी र साबुनले कम्तिमा २० सेकेन्डसम्म हात मिची मिची धोएमा यो भाइरसको संक्रमणबाट जोगिन सक्ने कुरा अब आम भइसक्यो। यसका पछाडि केही वैज्ञानिक आधार छन्। साबुन पानीले हात धुनु किन प्रभावकारी हुन्छ भन्ने बारेमा रसायनशास्त्रका अस्ट्रेलियाका प्राध्यापक पली थोर्डर्सनले ट्वीटरमार्फत सर्वप्रथम व्याख्या गरेका थिए। साबुनले हात धुँदा यो भाइरसविरुद्ध घर भत्काउने कामदारले भवन भत्काउँदा झै गर्ने उनले अमेरिकाको डिजिटल पत्रिका भक्सलाई बताएका छन्। डा खराल पनि भाइरसविरुद्धको लडाइँमा साबुन एक महत्वपूर्ण हतियार भएको स्वीकार्छन्। “साबुनको दुई तह हुन्छ। यसलाई पानीमा मिसाएपछि एकातिरको अणुले भाइरसमा रहेको प्रोटिनको खोललाई नष्ट गर्छ भने अर्कोतिरको अणु त्यसको प्रोटिनतर्फ आकर्षित हुन्छ जसलाई पानीले छिन्नभिन्न पार्छ,” खरालले बताए। साबुनको यही विशेषताका कारण कोरोना भाइरस समाप्त गर्न यसकाे अहम् भुमिका रहेकाे ठहर छ। अमेरिकाको रोगसम्बन्धी संघीय निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसबाट बच्न साबुनपानी र अल्कोहल मिश्रित ह्याण्ड स्यानिटाइजरले हात सफा गर्न सुझाएको छ।

प्रधानमन्त्री ओलीको सुझावको एक अंश सही भएपनि साबुन बिना भाइरसलाई तातोपानीले मात्र समाप्त पार्न सकिँदैन। उनको दाबीमा उल्लेखित भाइरसको बोसो (उनको शब्दमा बोसिय तत्व) सम्बन्धी दाबी पनि भ्रामक रहेको पाइएको छ। अंग्रेजीमा ‘लिपिड लेयर’ भनिने कोरोना भाइरसको आवरणलाई बोसो भनेर सामान्यीकरण गर्नु गलत रहेको विज्ञहरुको ठहर छ।

पाँचौ दाबी
“मास्क मात्रै लगाएर पर्याप्त हुँदैन। मास्कसहित चश्मा पनि लगाउनुहोस्। सबैभन्दा छिटो मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ। त्यसपछि मात्रै नाकबाट सर्छ।”

प्रधानमन्त्री ओलीले अहिलेसम्म वैज्ञानिकहरु निष्कर्षमा पुग्न नसकेको यस सरुवा रोगको प्रसारबारे भ्रामक अभिव्यक्ति दिएका छन्। कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा तिनका थोप्लाबाट र उक्त भाइरसबाट संक्रमित वस्तुलाई छोएर आँखा, नाक वा मुखमा हात लगेमा सर्छ भन्ने हालसम्मका अध्ययनमा देखिएको छ। तर आँखा, नाक र मुखमध्ये केबाट सबैभन्दा बढी सर्छ भन्ने ठोकुवा गर्न सकिने स्थिति छैन। “यो भाइरस मानिसको श्वास प्रश्वास प्रणालीबाट सर्ने भएकाले सबैभन्दा पहिला नाक अनि मुखबाट सर्नसक्ने अनुमान छ,” डा खराल भन्छन्, “यो भाइरस भएको हातले आँखालाई छोएमा यो सर्नसक्छ। तर आँखा यसको संक्रमणको दोस्रो प्रमुख अंग हो भन्ने वैज्ञानिक आधार छैन।”

त्यसैले गर्दा प्रधानमन्त्री ओलीको यो दाबी पनि तथ्यहीन पाइएको छ।

(यो सामग्री साउथ एसिया चेकले उत्पादन गरेको हो।)

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १७:२६
  • #Novel Corona Virus
  • #pmoli

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्