काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन्। भण्डारीले शुक्रबार पाण्डेलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफारिस गरेको थियो।
सरकारको सिफारिसपछि संसदीय विशेष सुनुवाई समितिले पाण्डेमाथि चुनुवाई गर्दै गत चैत १० गते चीनका लागि राजदूतमा उनको नाम अनुमादेन गरेको थियो।
संसदीय सुनुवाइपछि पाण्डेको नाममा सहमतिका लागि चीन पठाइएको थियो। चीनले केही दिनअघि उनको नाममा अग्रिमो (सहमति) जनाएपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन्। सपथपछि उनी चीन जाने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।