काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्यहरुबीच छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटार छलफल भइरहेकाे हाे।
प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका सदस्यहरुलाई अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन्। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको समितिका ८ जना मन्त्रीलाई प्रधानमन्त्री निवास बोलाइएको एक मन्त्रीले बताए।
काठमाडौंलगायत विभिन्न सहरबाट मजदुरहरु हिंडेरै आआफ्नो जिल्ला गएका हृदयविदारक दृष्यहरु सर्वाजनिक भएपछि ओलीले बैठक बोलाएका हुन्। मजदुरका विषयमा केही महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
दिउँसाे २ बजे बोलाएको उच्चस्तरीय समितिकाे बैठक सकिएपछि पोखरेलसहितका मन्त्रीहरु बालुवाटार गएका हुन्। समितिको बैठकमा के के छलफल भयाे भन्ने विषय सार्वजनिक नै नगरी समितिका सदस्यहरु बालुवाटार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।