काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पाटन अस्पतालमा पनि पिसिआर जडान गरिएको जानकारी दिएका हुन्।
यसअघि १३ स्थानमा कोरोना भाइरसको आरटीपिसिआर प्रविधिबाट परीक्षण सुरु भइसकेको छ। सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट सुरु भएको यस्तो परीक्षण पाटनमा सुरु भएपछि १४ स्थानमा पुग्ने छ।
अधिकांश जिल्लामा भने कोरोना भाइरसको र्यापिड परीक्षण सुरु गरिसकिएको पनि उनले बताए। र्यापिडमा पोजेटिभ देखिए पिसिआर प्रविधिबाट परीक्षण गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।