काठमाडौं– नेपाली कांग्रेसले पैदल हिंडेर घर फर्किरहेका नागरिकलाई खाना बस्नको व्यवस्था मिलाउन मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले ट्विटमार्फत् जिल्ला कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पैदल हिंडेकाहरुलाई सहयोग गर्न निर्देशन दिएका हुन्।
लकडाउनको कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खानाको अभावमा मजदुरहरु आफ्नो घरतर्फ लागिरहेका छन्। खाने र बस्ने व्यवस्था नभएर पैदल हिंडेर घरतर्फ गईरहेका नागरिकलाई सामाजिक दूरी कायम गरी आवश्यक सहयोग गर्न उनले तल्लो तहलाई निर्देशन दिएका हुन्।
कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थालाई गन्तव्यतिर लागेका नागरिकलाई खाना र राति भए बासको प्रबन्ध मिलाउन देउवाले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।