• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘नेपालमा उत्पादित सिटामोल निर्यात गर्न पहल गरौं’

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ५, २०७७  १५:१५
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा उत्पादित सिटामोलको गुणस्तर वृद्धि भएकाले कोरोना संक्रमणको समयमा अन्य मुलुकमा निर्यात गर्न सकिने राय सरकारलाई दिएका छन्।

उद्योग मन्त्रालयले कोरोना संक्रमणको बेलामा चाल्नुपर्ने कदमका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेख्दै जोशीले पुनःस्थापित नेपाल औषधि उद्योग लि.ले स्यानिटाइजर उत्पादन गरी आशाको दियो ल्याएको उल्लेख गरे। उनले उद्योगी र व्यवसायीसँग छलफल गरी तत्कालै उद्योगहरु सञ्चालन हुने, लगानी नडुब्ने र उद्योगहरु फस्टाउने वातावरणको सिर्जना गर्न आग्रह गरेका छन्।

नेपाली उत्पादनलाई प्रोत्साहन दिने गरी कपडा तथा प्लास्टिकका गाउन, मास्क, टाउको छोप्न प्रयोग गरिने टोपी, पञ्जा, चस्मा, बुटलगायतका सामग्री नेपालमै उत्पदान गर्न सकिने जाेशीले बताए। कामविहीन भएका मजदुरका समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराएका छन्।

उद्योगमन्त्री भट्टलाई पूर्वमन्त्री जोशीले लेखेको पत्र 
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री,
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
सिंहदरबार, काठमाडौँ।

विषय : संकट समाधानका लागि स्वदेशी उद्योगहरु परिचालनका सम्बन्धमा।
माननीय मन्त्रीज्यू,
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान, हुवेमा देखिएको कोरोना भाइरस द्रुतगतिमा विश्वमा फैली रहेको छ र नियन्त्रणमा आउने लक्षण अझै देखिएको छैन। नेपालमा पनि यो भाइरस चीनको वुहानमा अध्ययनरत विद्यार्थी नेपालमा फर्केपछि जनवरी ९, २०२० मा देखिएको थियो र संक्रमित बढ्ने क्रम रोकिएको छैन। संसार नै घरभित्र बन्द छ भने यसको असर फैलिन नपाओस् र समयमै न्यूनीकरण गर्न सकियोस् भनेर अहिले हाम्रो मुलुक समेत लकडाउनको अवस्थामा गुज्रीरहेको छ। यो महामारीका कारण मानव जीवनका हरेक आयाममा नकारात्मक असर परी रहेको छ।

यो असहज परिस्थितिमा सबैले हातेमालो गर्दै मुलुकका सामु आएका अप्ठेराहरुसंग जुध्नै पर्दछ। विश्वका विकसित तथा धनी देशहरु समेत अहिले औषधिजन्य सामग्री र व्यक्तिगत सुरक्षा उपकरणहरुको अभावमा छट्पटाई रहेका बेला नेपाल जस्तो विकासोन्मुख देशले सहज आपूर्ति गर्न सक्दछ भन्ने निश्चय नै छैन। सहज वातावरणमा जस्तो सबै अपेक्षा कसैले पनि गरेका छैनन् र गर्नु पनि हुँदैन तर मुलुकभित्रैबाट महामारीका विरुद्धमा लड्न गर्न सकिने तयारीमा हामी चुक्न हुँदैन।

विश्व नै संकटमा फसेका बेला अन्तर्राष्ट्रिय सहयोगको अपेक्षामा बस्न कदापि हुँदैन। आफैले नै संकटसंग जुध्ने उपायहरुका बारेमा पहल कदमी लिनु पर्दछ। केही वर्षअघि मात्रै पुनःस्थापित नेपाल औषधि उद्योग लि. ले सेनिटाइजर उत्पादन गरी आशाको दियो बालेको छ। यसैबाट प्रेरणा लिँदै आफूसंग रहेका स्रोत सामग्रीहरुको अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादनद्वारा राष्ट्र र जनतालाई सहयोग पुर्‍याउन देशभित्रैका उद्योगहरुलाई प्रोत्साहित गर्दै वर्तमान समस्या समाधान गर्न नेपाल सरकार तत्पर रहनु पर्ने देखिएको छ।

यसै सन्दर्भमा उद्योग मन्त्रालयले तत्काल चाल्नु पर्ने कदमहरुका बारेमा केही सुझावहरु प्रस्तुत गरेको छु।

Ncell 2
Ncell 2
nimb
nimb

औद्योगिक क्षेत्रका साथै अन्य अनौपचारिक क्षेत्रहरुमा कार्यरत मजदुरहरु खाद्य संकटका कारण कार्यस्थल छाडेर बाह्र पन्ध्र दिनसम्मको पैदल यात्रा गरेर घर तर्फ जानु परेको बाध्यतालाई संवेदनशीलताका साथ मनन गरेर सरकारका तर्फबाट राहतको व्यवस्थाका साथै उद्योगका तर्फबाट समेत उनीहरुको रोजीरोटीमा ध्यान दिने व्यवस्था गरी गराई मजदुरहरुको संकट तत्काल समाधान गर्ने।

समष्टिगत रुपमा लोकतन्त्रले प्रत्याभूत गरेका नागरिक स्वतन्त्रता र मौलिक हक तथा अधिकारहरुको संरक्षण गर्नु सरकारको दायित्व हो। लोकतान्त्रिक व्यवस्थामा साना तथा ठूला एवं निजी तथा सरकारी सबैखाले उद्योगहरुले फस्टाउने अवसर प्राप्त गर्नै पर्दछ। सामान्य अवस्थामा सरकारले संविधान, ऐन, कानूनहरुले दिएका अधिकारहरुलाई स्वतन्त्रतापूर्वक उपभोग गर्ने अधिकार दिए पुग्छ भने अहिलेको जस्तो महामारीमा ती उद्योगहरुको संरक्षण, सम्वर्द्धन एवं सुरक्षा गर्ने दायित्व पनि सरकारकै हो। त्यसैले उद्योगी–व्यवसायीहरुसंग छलफल गरी तत्कालै उद्योगहरु सञ्चालन हुने, लगानी नडुब्ने र उद्योगहरु फस्टाउने वातावरण उद्योग मन्त्रालयले सिर्जना गर्ने।

उद्यमशीलता, निजी क्षेत्रका लगानी र संयुक्त लगानीका क्षेत्रहरुलाई विश्वास आर्जन हुने गरी सरकारले तत्काल कार्यक्रम ल्याउनु पर्ने। अहिले रोजगारी दिइरहेका र भविष्यमा पनि रोजगारीमा वृद्धि गर्न सक्ने यस्ता क्षेत्रहरुको सुरक्षा र विकासमा सरकार संवेदनशील हुनु पर्ने।

अहिले मुलुकमा मास्क र सेनीटाइजरको अत्यधिक अभाव देखिएको छ। ती सामग्रीहरु घरेलु उद्योगहरु र साना तथा घरेलु उद्योग महासंघसंग समन्वय गरी आवश्यकता अनुसार स्वदेशमै उत्पादन गर्ने र देशैभर उपलब्ध हुने व्यवस्था गर्ने। सकेसम्म निःशुल्क नसके सहुलियत दरमा पिछडिएका तथा गरिबीको चपेटामा परेकाहरुलाई वितरण गर्ने।

कोरोना महामारीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक व्यक्तिगत सुरक्षा उपकरणहरुको माग त्यत्तिकै बढेको छ। कपडा तथा प्लास्टिकका गाउन, मास्क, टाउको छोप्न प्रयोग गरिने टोपी, पञ्जा, चस्मा, बुट आदि निर्माणका लागि स्वदेशी उद्योगहरुसंग सरकारले समन्वय गर्ने र उद्योगीहरुका बीचमा समन्वय गराई अभाव पूर्तिका लागि सक्रिय रहने।

संकटमा सहयोग गरेका सबैखाले ठूला तथा साना उद्योगीहरुलाई भविष्यमा कर छुट र ऋणको व्याजमा सहुलियत दिने व्यवस्था सरकारले गर्ने।

महामारीका रुपमा आएको कोरोनाका विरुद्ध प्रभावकारी हुने औषधिहरु नेपालकै औषधि कम्पनीहरुले उत्पादन गरी राहत मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्ने।

नेपाल औषधि लिमिटेडले सेनिटाइजर उत्पादन गरी महामारीमा आवश्यकता परिपूर्तिमा सहयोगी भूमिका खेलेको तथ्यलाई हृदयङ्गम गर्दै यसलाई अहिलेकै र भविष्यमा समेत आइपर्ने अन्य महाविपत्तिहरुको सामना गर्न सक्ने अवस्थामा पुर्‍याउन सबल बनाउने र विज्ञान तथा प्रविधिका स्रोत साधनहरु जुटाउन मद्दत गर्न तत्कालै आरम्भ गर्ने।

विश्वमै अभाव हुँदै गएको सिटामोल नेपालमा उच्च गुणस्तरको उत्पादन हुँदै आएको छ। यसको उत्पादन बढाई कोरोनाको चपेटामा परेका अन्य मुलुकहरुलाई समेत सहयोगका रुपमा दिने अवस्था सिर्जना गर्ने।

स्वदेशकै कच्चा सामग्री प्रयोग गरी उत्पादन गर्र्न र त्यसको प्रयोग हुने ग्यारेण्टी प्रदान गरी उद्योगहरुलाई स्वावलम्बनको मार्गमा अग्रसर गराउने।

अनुसन्धान र विकासमा गरिएको लगानीले उत्पादनशील उद्योगहरुमा नयाँ पद्धतिको प्रयोग र परम्परागत उत्पादनमा नवीनता आउनुका साथै लगानीको उच्च प्रतिफल दिने भएकोले अनुसन्धान र विकासमा सरकारले लगानी गरी उद्योगहरुलाई प्रोत्साहित गर्ने।

संकटका बेला काला बजारियाहरु सक्रिय रहने तथ्यलाई बुझेर खाद्य उद्योगहरुसंग सहकार्य गरी अभावको अनुभव नहुने गरी जनताले सहुलियतमा जीवन यापन गर्न सक्ने अवसरको सृजना गर्ने।

अन्त्यमा, संकटका बेला सबै एकजुट हुनु अनिवार्य हुने भएकाले यदि मेरो ज्ञान, सिप, अनुभव र क्षमतालाई सरकारले उपयोग गर्न चाहन्छ भने सहयोगका लागि सदैव तयार रहेको छु।

जय नेपाल !
नवीन्द्रराज जोशी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
सरकारले किन रोक्यो रेडक्रसले ल्याएको राहत सामाग्री शनिबार, भदौ २०, २०८३
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा राखियो शनिबार, भदौ २०, २०८३
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्