काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मजदुरहरुको तत्काल व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले सरकारलाई अनुराेध गरेका हुन्।
काठमाडौंलगायत विभिन्न सहरबाट घर जाँदै गरेका मजदुरका पीडा सार्वजनिक भएपछि उनीहरुको व्यवस्थापनका लागि शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन्। शर्माले लकडाउनमा अलपत्र परेका मजदुरका विषयमा नियमित रुपमा सामाजिक सञ्जालमा खबरदारी गर्दै आएका छन्।
बिहीबार ट्विट गर्दै शर्माले लकडाउनका कारण मजदुरहरु कष्टपूर्ण यात्रा गरी रहेकाले सरकारले सम्बन्धित स्थानमामा पुर्याउन सहयोग गर्नुपर्ने बताए। ‘विभिन्न स्थानमा श्रम गर्न आएका मजदुरहरु लकडाउनकै बीचमा कष्टपूर्ण पैदल यात्रा गरिरहेका छ्न्,’ शर्माले भने, ‘यसले झन संक्रमणको खतरा हुन सक्छ। तसर्थ उच्चस्तरीय समन्वय समितिले हाल देशका विभिन्न भागमा रहेका मजदुरहरुलाई प्राथमिकताका साथ स्वाब टेस्ट गरी नेगेटिभ देखिएका सबैलाई सम्बन्धित स्थानमा पुर्याउँदा सबै समस्या समाधान हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।