काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिकाे बैठक आज दिउँसाे बस्दैछ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेकाे हाे।
बैठकमा समितिमा रहेका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका विषयमा रिपाेर्ट पेश गर्ने भएका छन्। तेस्रो चरणको लकडाउनको समीक्षा र काठमाडौंलगायत विभिन्न सहरबाट घर फर्किर्दै गरेका मजदुरका विषयमा समेत केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।
समितिको बैठक आवश्यकताका आधारमा नियमित बस्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।