काठमाडौं– दक्षिण काेरियामा कोराना भाइरस संक्रमणको उपचारपछि निको भएका १ सय ४१ जनालाई पुनः कोरोना सक्रमण देखिएको छ।
कोरियाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (केसिडिसी)का उपनिर्देशक जुन वुकले मानिसहरुलाई फेरि कोरोना कसरी भयो भन्ने थाहा नभएको तर अनुसन्धान गरिरहेको बताएका छन्। तर, अधिकांश विशेषज्ञहरु कोरोना भाइरसबाट निको हुने वित्तिकै फेरि संक्रमण हुन असम्भव भएको मान्छन्।
जाेन हप्किङ्स विश्वविद्यालयकाे तथ्यांकअनुसार दक्षिण काेरियामा १०,६३५ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने २३० जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।