काठमाडौं–सशस्त्र प्रहरी बल (एपीएफ) को बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाउने व्यक्ति सशस्त्रका सिपाही बलबहादुर परियार रहेको खुलेको छ। परियारलाई सशस्त्र प्रहरीले विभागीय कारबाही गर्ने भएको छ।
नामको ठाउँमा युजर लेखेर बनाइएको उक्त भिडियोमा उनले एसएलआर लिएर ‘मान्छे मार्छु’ भनेका छन्। उक्त कुरा प्रहरीलाई भनिदिए पनि केही नहुने र आफू राजा बताउँदै अपशब्द बोलेको भिडियो टिकटिकमा छ।
एसएलआर नचाउँदै उनले भिडियो बनाएर टिकटकमा राखेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।