काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ)को बर्दी लगाएर स्वचालित हतियार एसएलआर नचाउँदै एक युवाले भिडियो बनाएर टिकटकमा राखेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नामको ठाउँमा युजर लेखेर करिब १२ घण्टाअघि बनाइएको उक्त भिडियोमा एक युवाले एसएलआर लिएर मान्छे मार्छु भनेका छन्। उक्त कुरालाई प्रहरीलाई भनिदिए पनि केही नहुने र आफू राजा बताउँदै अपशब्द बोलेको भिडियो टिकटिकमा छ।
उक्त भिडियोबारे महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको छ। हतियार र बर्दीसहित जो कोहीले पनि यस्ता भिडियो भिडियो बनाउन नमिल्ने र त्यहाँमाथि मान्छे मार्छु भन्दै भिडियो बनाएर आतंक फैलाएको पाइएपछि अनुसन्धान सुरु गरिएको महाशाखा स्रोतले जानकारी दियो ।
ती युवाले एकसाथ बर्दी लगाएको दुई वटा भिडियो बनाएका छन् । उनको टिकटिक आइडीमा बर्दी लगाएर मान्छे मार्छु भनेका बाहेक अरु भिडियो अपलोड भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।