नयाँ दिल्ली- भारतको मुरादावादमा कोरोना संदिग्ध व्यक्तिलाई लिन गएका व्यक्तिको विषयमा विवादमा झडप हुँदा एक डाक्टर र तीन सुरक्षाकर्मी घाइते भएका छन्।
शंकास्पद बिरामीको परीक्षणका लागि पुगेका मेडिकल र सुरक्षाकर्मीहरुलाई लैजान नदिने भन्दै बिरामीका आफन्तले ढुङ्गामुढा गरेका थिए। उक्त झडपका कारण सुरक्षाकर्मीको एक गाडीमा पनि क्षति पुगेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्।
उत्तर प्रदेशमा हाल ७ सय २७ जना कोरोना संक्रमित रहेका छन् भने ११ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोना भाइरसका ११ हजार ४ सय ३९ जना संक्रमित पुगेका छन् भने ३ सय ७७ जनाले ज्यान गुमाएका छन्।
देशका सबै क्षेत्रलाई तीन तहमा विभाजन गरिएको छ। हटस्पट,नन हटस्पट र ग्रीन जोनमा राखिएको छ। १७० जिल्लालाई हटस्पट जोनमा राखिएको छ। दिल्ली र महाराष्ट्रका कयौं ठाउँलाई सिल समेत राज्य सरकारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।