• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनका कारण नेपाल एयरलाइन्सको ६७ करोड जोखिममा, ३२ वर्षे पुरानो बोइङ बिक्री प्रक्रिया अन्योलमा

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  ११:३०
1140x725

काठमाडौं– नेपाल वायुसेवा निगमको ३२ वर्ष पुरानो बोइङ बिक्री प्रक्रियामा कोरोनाको प्रत्यक्ष असर देखिएको छ। कोरोनाकै कारण नेपाल वायुसेवा निगमले बिक्री गर्न लागेको बोइङ जहाजबाट हुने आम्दानी पनि डुब्ने जोखिम बढे्को हो।

निगमले ३२ वर्ष पुरानो बोइङ ६७ करोड रुपैयाँमा बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा पुराएको थियो।

बोइङ बिक्रीका लागि नेपाल वायुसेवा निगमले खरिदका लागि लिलामी प्रक्रियाबाट बढी रकम दिने भनी कबुल गरेको कम्पनीलाई दुई पक्षीय सम्झौताका लागि समेत पत्रचार गरेको थियो।

निगमले (नेपाल एयरलाइन्स)को ३२ वर्षे पुरानो जहाज बोइङ बिक्रीका लागि जनबरीमै पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीलाई पत्रचार गरको थियो।

तर, उक्त कम्पनी दुई पक्षीय सम्झौताका लागि आएन। जसका कारण निगमको बोइङ बिक्री प्रक्रियामा अन्योल आएको छ।

निगमको बोइङ फेब्रुअरीभित्रै उडान गरेर लैजानुपर्ने थियो। फेब्रुअरीभित्र उडान गर्न नसेको अवस्थामा उक्त जहाज कवाडीमा बिक्री गर्नुपर्ने अवस्थामा थियो। तर, कोरोनाका कारण उक्त जहाज बिक्रीका लागि दुई पक्षीय खरिद बिक्री सम्झौता हुन नसक्दा ६७ करोड रुपैयाँ डुब्ने जोखिम बढेको हो। निगमको बोइङ जहाज ५७ लाख १० हजार अमेरिकी डलरमा सिएसबिएसलाई बिक्री गर्ने निर्णय भएको थियो।

कम्पनीले पाँच कराेड बैना दिएकाे थियाे।

जहाज खरिदका लागि तीन वटा कम्पनीको आवेदन परेको थियो। बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका साथै पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरीदका लागि आवेदन दिएका थिए।

nimb
nimb

निगमले पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो।  तर, उक्त सूचनाको कुनै पनि कम्पनी नआएपछि तेस्रोत पटक तर सो भन्दा १९ लाख ६६ हजार अमेरिकी डलर कममा निगमले जहाज विक्री गर्ने निर्णय गरेको थियो।

विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगम थियो। उक्त जहाज सन् २०१८ को अक्टाेबरदेखि ग्राउन्डेड छ।

निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। निगमले पहिलो पटकको टेन्डरमा तोकेको न्यूनतम मूल्यमा विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो।

टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक पनि कुनै कम्पनीले आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी सूचना जारी गरेको थियो।

दुई पटकसम्मको आवेदनमा कसैले जहाज खरिद गर्ने ईच्छा नराखेपछि तेस्रोपटक जहाज बिक्रीका लागि लिलामी प्रक्रियाबाट कम्पनी छनोट गरेको थियो।

जहाज फेब्रुअरी महिनाभित्रै उडान गर्नुपर्ने बाध्यता भएपनि कोरानाका कारण समस्या आएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य प्रमाण पत्रको समय थप गर्नुपर्ने निगमका निमित्त महाप्रबन्धक गणेश बहादुर चन्दले बताए।

प्राधिकरणले उडानयोग्य प्रमाणपत्र थप नगरेको अवस्थामा जहाज बिक्रीबाट हुने आम्दानीका प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ। ‘विपदको समयमा प्राधिकरणले उडान योग्य समय थप्नु पर्छ,’  उनले भने, ‘निगमले पनि त्यसका लागि आवश्यक सबै काम गर्ने छ।’

यता प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने अहिले नै थप हुने वा नहुने विषयमा बोल्न नसक्ने जानकारी दिए। जहाजको सबै अवस्था हेरेर मात्रै उडान योग्य समय थप हुने वा नहुने विषयमा दुई पक्षीय छलफलबाट निर्णय हुने उनको भनाइ छ।

सम्बन्धित समाचारहरुः

नेपाल एयरलाइन्सको ३२ वर्षे बोइङ बिक्री प्रक्रियामा शंकैशंका 

निगमको ३२ वर्ष पुरानाे बोइङ खरिदका लागि ३ कम्पनीको आवेदन 

नेपाल एयरलाइन्सको ३२ वर्ष पुरानो 'कर्णाली' बोइङ बिक्रीको बाटो खुल्यो 

बोइङ जहाज उडान नगर्ने नेपाल एयरलाइन्सको घोषणा 

नेपाल एयरलाइन्सको बोइङ ५७ लाख १० हजार डलरमा बिक्री हुँदै 

सिएसबिएसले किन्दै नेपाल एयरलाइन्सको बोइङ, मूल्य ५७ लाख १० हजार डलर

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  ११:३०
  • #बोइङ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ शुक्रबार, भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १२, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी शुक्रबार, भदौ १२, २०८३
विश्वविद्यालयका परीक्षा तथा शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन शुक्रबार, भदौ १२, २०८३
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्