• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

०७६ मा अटोमोबाइल : हाइब्रिडमा ५० प्रतिशत कर छुटदेखि ५० हजार डलरमाथिका कारमा प्रतिबन्धसम्म

64x64
नेपाल लाइभ सोमबार, वैशाख १, २०७७  १३:११
1140x725

काठमाडौं–नेपाली अटोमोबाइल क्षेत्र २०७६ विभिन्न आरोह-अवरोह पार गर्दै गुज्रियो। ०७६ जेठ १५ मा आएको बजेटले हाइब्रिड गाडीलाई साविक भन्सार तथा अन्तशुल्कमा ५०–५० प्रतिशत छुट दिने व्यवस्थाले उत्साह तुल्याएको थियो। सवारी कर्जामा गरिएको कडाइ वर्षभर कायम रह्यो र अहिले पनि जारी छ। वर्षको अन्त्यमा सरकारले ५० हजार अमेरिकी डलरभन्दा महंगा गाडीको आयातमा प्रतिबन्ध लगाएको छ।

नेपाली बजारमा २०७६ मा सवारी बिक्री उत्साहजनक हुन सकेन भने व्यवसायीले हल्ला गरेजस्तो निरासाजनक पनि नरहेको तथ्याङ्कले देखाउँछ। गत वर्ष अटोमोबाइलका लागि उत्साहजनक हुन सकेन।

वर्षको अन्त्यमा कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुक लकडाउ ग¥यो। चैत ११ देखि लकडाउन सुरू भए पनि महिनाको सुरुमै सवारी बिक्री भने ठप्प प्रायः भएको थियो।

हाइब्रिड कारमा छुट विवादमा

सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेटमा हाइब्रिड कार आयातमा लाग्दै आएको साविक भन्सार र अन्तःशुल्कमा ५०–५० प्रतिशत छुट दिने व्यवस्था भन्सार ऐनमा गर्‍यो। तर, त्यो घोषणामा दिइएको हाइब्रिडको परिभाषाले सामान्य गाडी स्टार्ट गर्न प्रयोय गरिएको हाइब्रिड प्रविधियुक्त कारले पनि भन्सार र अन्तःशुल्क छुट पाउने अवस्था आयो।

त्यसपछि सरकारले हाइब्रिडको अर्थ प्लगइन हाइब्रिडमात्रै भन्ने व्याख्या गरेर अन्तःशुल्कमा दिइएको छुटसमेत हटायो। सरकारी यो निर्णयले मारुती सुजुकी र टोयोटाजस्ता कम्पनीले गाडी मगाए। सरकारीको पछिल्लो निर्णयपछि हाइब्रिड गाडी आउनै छाडे। सुजुकीले छुटमा ल्याएको हाइब्रिड कारको सबै भन्सार सरकारलाई बुझायो। 

अवैध आयातले भन्सारमा लफडा

विद्यमान भन्सार कानुनअनुसार नेपालमा सवारी आयात गर्दा उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेताको प्रमाण बिना गाडी आयात गर्न पाइँदैन। तर प्रन्सा अटोमोटिभ्सले अउडीको इलेक्ट्रिक कार २०७६ भदौमा भित्र्यायो। उक्त कार अवैध रूपमा आयात भएको समाचार नेपाल लाइभले लेखेको थियो। त्यसपछि ल्यान्डरोभर र टेस्लाका गाडी त्यसैगरी उत्पादकसँग नभइ तेस्रो पक्षसँग किनेर ल्याइएकाले भन्सार जाँचपास हुन सकेन। 

Ncell 2
Ncell 2

ज्यागुअर र ल्यान्डरोभरका गाडी शक्तिकेन्द्रको आडमा भन्सार छुटाइएको भए पनि दोस्रो लटमा आएका अउडी र टेस्लाका कार भने भन्सारमै थन्किएका छन्। नयाँ अर्थिक वर्षको बजेटबाट केही सम्बोधन गरेर एकपटकका लागि गाडी छुटाउने तयारीमा सरकार छ।

५० प्रतिशतको हल्ला, गिरावट २० प्रतिशतको

गाडी बिक्रीमा कमि आउनुमा सरकारी नीति नै मुख्य हो। सरकार अलिबढी राजश्वमुखी छ र अटोमोबाइललाई राजश्वको अचुक स्रोतका रूपमा हेर्छ। सरकारले गाडी किन्नेको हकमा कर्जा प्रकृया निकै कठिन बनाएको छ। कुनै पनि गाडी किन्ने मानिसले कर्जा माग गर्दा करचुक्ता प्रमाणपत्र, आय स्रोतको ५० प्रतिशतभन्दा बढी किस्ता रकम हुनु नहुने लगायत व्यवस्था गरेको छ। 

यही आधारमा व्यवसायीले नेपाली बजारमा सवारी बिक्री ४० देखि ५० प्रतिशत घटेको दाबी गरिरहेका छन्। तर नेपाल लाइभले केही समयअघि प्यासेन्जर कारको बिक्री तथ्यांकको समाचारमा २०७६ को पुसम्ममा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत घटेको उल्लेख गरेको थियो। समग्रमा २० प्रतिशतसम्म घटेको अनुमान व्यवसायीहरूले नै गरेका छन्।

५० हजार डलरभन्दा बढीका कार आयातमा प्रतिबन्ध

सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको हो।

चैत तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो। 

अब सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा) भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाउने छैनन्।

यो निर्णयको प्रत्यक्ष प्रभाव महँगा र विलासी कार आयात गर्नेलाई पर्नेछ। सरकारको निर्णयले ‘मास सेल’ हुने हुन्डाई, सुजुकी, टाटा, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्ने छैन। 

सरकारको यो निर्णयसँगै करिब सवा २ करोड रुपैयाँभन्दा बढी बिक्री मूल्य भएका कार नेपाल ल्याउन पाइने छैन। यसको प्रत्यक्ष असर सवा २ करोडभन्दा बढी मूल्यका कार आयात गर्नेलाई पर्ने देखिन्छ।

यसको प्रत्यक्ष असर टोयोटा, ल्यान्डरोभर, नयाँ आउनलागेका टेस्ला, अउडी तथा बिएमडब्लूलाई पर्ने देखिन्छ।

 यो निर्णय आगामी वर्षको बजेटसम्म तन्किने संकेत अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए। यही मितिसम्मका लागि भनेर निर्णय नसुनाइनु र बजेट आउन करिब २ महिना मात्र बाँकी रहेकाले यो व्यवस्था बजेटसम्म जान सक्छ वा अर्को वर्षसम्मका लागि निरन्तर हुनसक्छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:११
  • #automobile

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् विघटनविरुद्ध सडकमा एमाले, आज ७७ वटै जिल्लामा जनप्रदर्शन गर्दै
किन ढिलो पत्ता लाग्छ मधुमेह?
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
संसद् विघटनविरुद्ध सडकमा एमाले, आज ७७ वटै जिल्लामा जनप्रदर्शन गर्दै शनिबार, कात्तिक २९, २०८२
किन ढिलो पत्ता लाग्छ मधुमेह? शनिबार, कात्तिक २९, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, कात्तिक २९, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
सन्तोष परियारको राजीनामा पत्र : ‘नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन’ शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्