काठमाडौं- राष्ट्रिय जनता पार्टीका संयोजक शरतसिंह भण्डारीले कोभिड-१९ बाट मुक्ति पाउनलाई सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्।
‘सरकारको तर्फबाट अझै प्रभावकारी भूमिकाको निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिको लागि छलफल अगाडि बढाउन आग्रह गर्दछौं’, भण्डारीद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
आफ्नो नयाँ वर्षको शुभकामनामा भण्डारीले कोभिड विरुद्धको लडाइँमा आम नेपाली जनसमुदायले आ-आफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बसी देखाएको धीरता र साहसको प्रशंसा पनि गरेका छन्।
आगामी दिनहरूमा अझै परिस्थिति प्रतिकुल रहने सम्भावना देखिएकोले सजग र संयमित भई लक डाउनको नियम पालना गर्न उनले अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।