• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अब लकडाउन होइन, लक-डाउन

64x64
किशोर नेपाल आइतबार, चैत ३०, २०७६  १८:४२
1140x725

कोरोना भाइरसविरुद्ध २०७६ चैत १२ गतेबाट शुरु भएको ‘लकडाउन’ अब ‘लक-डाउन’ भएको छ। आशा नगरे हुन्छ कि यो छिटै छोटिनेछ। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पनि लकडाउन नछोटिने कुरा बताइसकेका छन। उनी यो कुरामा विश्वस्त देखिन्छन्-  लक-डाउन जति लामो चल्नेछ, उनको नेतृत्वको सरकार त्यति नै अगाडि लम्किनेछ। 

ओलीका लागि अहिलेको कोरोना प्रभावित मौसम जमेको छ। उनी क्याम खाटमा आराम फर्माइरहेका छन्। उनको अगाडि लागेको ‘सत्य’को थुप्रोबाट उनी छानीछानी महासत्य बोल्दैछन्। यो महासत्यमा एक दुई महावाक्य घुसेका हुन्छन्, ‘मलाई जानकारी नै दिइएन’, ‘म भ्रष्टाचारलाई सहन्नँ।’  

प्रम ओलीका वचन सुनेर जनता टोलाउँछन्। उनीहरू आफनो कानमा विश्वास गर्न चाहन्छन्। तर, आँखाले धोका दिन्छ। बूढाको कुरा  सुन्नेमध्येको एउटा भन्छ, ‘कठै, बूढा बिमारी छन्। मुखमा जे आयो त्यही बोल्छन्। बूढा हरिप छन्। उनलाई थाह छ, सत्तामा बस्न नपाए उनको खैरियत छैन।'

देशमा एउटा संसद् छ। त्यो संसदमा विलक्षण बुद्धि भएका दर्जनौं नेता छन्। जसमध्ये कोही प्रतिपक्षमा छन् र कोही छन् सत्तापक्षमा। तिनीहरूको आवाज सुन्दा लाग्दछ, यी साँच्चै जाग्नेछन्। तर, होइन, यी बोल्छन् मात्र। यी बकुल्ला ‘भगत’हरू सत्ताको डिलमा उभिएर विकासका नाममा जनतालाई बेवकुफ बनाउँछन्। 

अहिले नेपालमा अंकुरित, पुष्पित र पल्लवित समावेशी लोकतान्त्रिक गणतन्त्रका समस्या भएका छन् नेताहरू। उनीहरूको बोली सुनेर जनता रमाउँछन्। तर, बोलीले मात्रै भोको पेट भरिन्न। 

काठमाडौंको लक-डाउन छलेर केही दिनको मधेश प्रवासपछि घर फर्किँदा देखिएका दृश्यहरूले मनको कुनै कुनामा गहिरो घाउ बनाए। मानिसको ठूलो लर्को लागेको थियो बिपी राजमार्गमा। स-साना समूहमा बाँडिएर निरन्तर हिँडिरहेका ती मानिसका अनुहारमा बनेको दुःखको गहिरो रेखा स्पष्ट देखिएका थिए। एउटा समूहमा हिँडिरहेका एक जना वृद्धलाई मैले सोधेँ, ‘किन यो बेहालसँग हिडनु भएको?’ उनीसँग जवाफ थियो। शब्द थिएन। उनी अस्पष्ट स्वरमा भुतभुताउँदै थिए। भाव यस्तै थियो कि कुनैपनि सरकार जनताको पक्षमा थिएन। सबैसँगको आशा मरी सकेको थियो। 

अहिले नेपालमा अंकुरित, पुष्पित र पल्लवित समावेशी लोकतान्त्रिक गणतन्त्रका समस्या भएका छन् नेताहरू। उनीहरूको बोली सुनेर जनता रमाउँछन्। तर, बोलीले मात्रै भोको पेट भरिन्न। 

ओहो! यस्तो समयमा, जब देशमा सर्वहाराको अधिनायकत्वको पक्षमा लड्दै आएको पार्टीको दुइतिहाई बहुमतको सरकार छ। सरकार प्रमुखको कुर्सीमा त्यसै पार्टीका अध्यक्ष विराजमान छन्। देशमा कम्युनिस्ट सर्वहारावादको झण्डा फहराएको स्वर्ण युगको यस्तो समयमा पनि, गरीब र निमुखा जनताको मुखको माड खोसिएको छ। कोरोना महामारीले आशा र आकांक्षामा पानी खन्याएपछि उनीहरु काठमाडौंबाट रित्तो हात भाग्न बाध्य छन्। सर्वहारा मजदूरहरुको प्रतिनिधित्वको डींग हाँक्ने सरकारले उनीहरुको हितमा एक कदम चालेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले काठमाडौं छाडेर पूर्व र पश्चिमका अनकन्टार बस्तीमा रहेका आफ्नो घर फर्किन चाहने मजदूरलाई बिजुली अड्डा वा पानी अड्डाको टिपरमा चढाएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन नसक्ने थिएन। दुई छाक खानाको व्यवस्था गरिदिन नसक्ने थिएन। यति धेरै आर्थिक अनियमितता गरेर धनको भकारी बनाउने सरकारका कुनैपनि सदस्यले यति सानो काम गर्न मन्त्रालयको विविध शीर्षकको बजेट प्रयोग गरेको भएपनि हुने थियो। तर, गरेन। किनभने, किसान र मजदूरका नाममा बाजा बजाउने पार्टीको यो सरकारको स्वरुप आफ्नो तिखो चुच्चोले माछा टिप्न सीम खेतको आलीमा बसेको बकुल्लाको जस्तो छ। 

लक-डाउनमा बाटो सारै बिरसिलो छ। सवारी आवागमन लगभग ठप्प छ। एक कप चिया पिउने पसलसमेत छैन कहीं। साविक चिया खाने बटुवा कुरेर बसेका साहू र साहूनीहरू मानिस देख्यो कि तर्सिन्छन्। मानौं ती मानिस नभएर कोरोना भाइरस हुन्। साँच्चै, एकातिर कोरोना भाइरसको चिन्ता, अर्कोतिर भोको पेट। यी पैदल यात्रुसँग भात किनेर खाने हैसियत पनि छैन। यस्ता मानिसलाई त नेपालको संविधानले नागरिकको हैसियत पनि दिँदैन। 

प्रचार जति गरे पनि, मानिस कोरोना भाइरससँग डराएको छ। सचेत भएको छैन।

रामेछाप, सिन्धुली र काभ्रेका सीमान्तमा रहेका बस्ती चकमन्न छन्। बेलाबेलामा लाउड स्पिकरबाट कोरोना भाइरस विरुद्धको प्रचार सुनिन्छ। खास गरेर, त्यस्तो प्रचार पुलिस चौकीको छायाँमा गर्ने गरिन्छ। प्रचार जति गरे पनि, मानिस कोरोना भाइरससँग डराएको छ। सचेत भएको छैन। ढंग नपुर्‍याई गरेको कुप्रचारले मानिसलाई भयभीत तुल्याउँछ। जनता डराएका छन्। उनीहरू के सँग डराएका हुन्? त्यसको स्पष्ट तस्बिर कसैले देखाएको छैन। 

यो डरको ठूलो कारण सरकारको सूचना पद्धति हो, जो एकदमै त्रुटीपूर्ण छ। यो कुरा थाह पाउँदापाउँदै पनि कि नेपाल सरकारका सहयोगी गैरसरकारी संस्थाहरूले जनतालाई भरखर साबुन पानीले हात धुन सिकाउँदैछ, सरकारका नेता र अधिकारीहरुको ‘आह्वान’ बोल्छ- साबुनपानीले हात मिचीमिची धुनु होला। स्यानिटाइजरको प्रयोग गर्नुहोला।

आज बिहानमात्रै, पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एउटा भाषणको सानो अंश कानमा परेको थियो। इमरान भन्दै थिए- म पाकिस्तानलाई लकडाउन गर्न सक्दिनँ। मेरो देशका २५ प्रतिशत जनता कुल्ली कवाडीको काम गर्दछन्। रिक्सा चलाएर बाँचेका छन्। मैले लकडाउन गरें भनें ती के गरेर खालान्? तिनलाई ख्वाउने क्षमता छैन सरकारसंग.....। इमरानका विचारसंग सहमति र असहमतिभन्दा पनि उनको यथार्थवादी अभिव्यक्ति मानिसलाई प्रभावित गर्ने खालको थियो। 

हामी नेपाली पाकिस्तानीजस्ता पक्कै होइनौं। त्यसैले यो उदाहरणले कसैलाई पनि संवेदनशील बनाउने छैन।

लक-डाउनको पहिलो साता सहरमा जोश थियो। मानिसहरू कोरोना भाइरस आफ्नो मुठ्ठीमा नै रहेको देखाउँथे। नेपालीले कोरोनालाई पेलेरै सखाप पार्नेछन् भन्ने आत्मविश्वास अलि बढी नै थियो। साथीहरू एकअर्कालाई फेसबुक मेसेन्जरमा स-साना रमाइला खिस्सा कोरिएका श्लिल-अश्लिल चित्रावली पठाएर आनन्द लिन्थे। अहिले त्यो अवस्था शिथिल भएको छ। 

मानिसहरु हतासिएका छन्। बिरामीमा कोरोना भाइरस छ कि छैन? पत्ता लगाउने मेसिनले ६० प्रतिशत मात्रै काम गर्छ। कोरोना पत्ता लगाउने विधि यति सुस्त छ कि त्यसले कहिलेसम्म नतिजा दिन्छ? यो कुराको कुनै भरोसा छैन। तैपनि, हामी शरीरले अपांग, वचनले गैरजिम्मेवार, व्यहोराले अहंकारी र आचरणले ‘व्यभिचारी’ शासकको नेतृत्वमा दुवै गोडा बाँधेर दौडिने प्रयास गर्दैछौं।

भोलिदेखि शुरु हुने नयाँ वर्ष २०७७ सबैका लागि आशा र करुणाको प्रतीक बनोस्। शुभकामना!

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाढी प्रभावितको उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्