• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुखाले शासकका नाममा

64x64
विमल पोखरेल आइतबार, चैत ३०, २०७६  ०८:०६
1140x725

देश कोरोनाका कारण भयभित छ। दुई हप्ताभन्दा लामो समयदेखि जनता घरभित्रै कैद छन्। उनीहरु कोरोनाले आफैंलाई लिन आइहाल्ने हो कि भन्ने त्रासमा छन्।

यस्तो समयमा जनतालाई सरकारको सही सूचना, सामिप्यता र भरोसा चाहिएको छ।

तीन विषय चासोमा छन्। पहिलो, कोरोना सर्न नदिनको लागि सरकारले हरसम्भव प्रयत्न गरेको छ। दोस्रो, कोरोनाको उपचार हुन्छ। तेस्रो, कोरोना लागिहालेमा सरकारले उपचार गर्न सक्छ। पहिलो कुरामा जनतालाई धेरै थोरै विश्वास छ। तर, दोस्रो र तेस्रो कुरामा जनतालाई विश्वास छैन। किनकि, सरकारको विगत तीन महिनाको भद्रगोल अवस्था जनताले देखेका छन्।

कठिन परिस्थिति, फितलो व्यवहार
कठिन परिस्थितिको सामना गरेर अगाडि बढ्न सक्ने शासकको नै सही पहिचान हुन्छ। कठिन परिस्थितिलाई सम्हाल्न नसक्ने व्यक्तिहरु शासन गर्न योग्य हुँदैनन्। देशमा कठिन परिस्थिति आउन लागेको पक्कै हो। तर, आइसकेको होइन।

कोरोनाको महामारी फैलिन नदिनका लागि पूर्व सावधानी अपनाइएको हो। महामारी फैलिइसकेर त्यसलाई नियन्त्रण गर्नको लागि दिन रातको दौडधुप गर्नुपरेको छैन। तर प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी पदाधिकारीहरु आफ्नै कारणले मात्रै कोरोना सर्नै नसकेको जसरी प्रस्तुत भएका छन्।

विश्वका धेरै देशहरुले चालेका कडा कदमहरुको बाछिटा नेपालमा पर्न थालेपछि सरकारले केही सकारात्मक निर्णयहरु लिएको सत्य हो। तर सरकारका मन्त्रीहरुले भित्रिसकेको कोरोनालाई नियन्त्रण गरेको जसरी प्रस्तुत भइरहेका छन्। जुन हास्यास्पद छ।

हुरीबतास, असिना पानी आउँदैछ, त्यसैले घरको छानोलाई बलियो बनाऔं, विग्रन लागेको भित्ताहरु मर्मत गरौं, घरका बालबच्चा, चौपाया, अन्नपात जोगाऔं। अहिले देशले गर्न खोजेको त्यही हो। तर, केपी शर्मा ओलीको मन्त्रीमण्डलले फैलिइसकेको महामारीमाथि नै विजय हासिल गरेको जस्तो प्रचार गरिरहेका छन्।

सरकार भनेको करिब २५ जनाको केन्द्रीय मन्त्रिमण्डल र झण्डै सयको संख्याको प्रदेशहरुको मन्त्रिमण्डल मात्रै होइन। १ लाखभन्दा धेरै निजामति, १ लाख सेना, १ लाखकै हाराहारीमा प्रहरी, ४० हजारको संख्यामा रहेका सशस्त्र प्रहरी, हजारौं संख्यामा नर्सहरु, डाक्टरहरु, इञ्जिनियरहरु, एक हजारकै हाराहारी जनताले निर्वाचित गरेका सांसद्, १६ जना सभामुख र उपसभामुख, देशभरका न्यायाधीश, ७ सय ५३ स्थानीयतहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु तथा लाखौंको संख्यामा रहेका शिक्षकहरुको संयुक्त रुप नै सरकार हो। महामारीको समयमा सरकारको संयुक्त स्वरुपले आफ्नो काम प्रभावकारी रुपमा देखाउन सक्नुपर्छ। तलब खाएर घर बस्ने मात्रै तिनीहरुको काम होइन।
 
कर खाएर कुबचन
प्रधानमन्त्रीदेखि खरदारसम्मले जनताको करबाट तलब भत्ता खाएका हुन्छन्। तिनीहरुले कसैको कुभलो नचिताइकन देश र जनताको सेवा गर्छु भनेर कसम पनि खाएका हुन्छन्। कामको दौरानमा तिनीहरुमाथि कैयौं कठिनाइहरु आउन सक्छन्। कैयौं अप्ठ्यारो अवस्था आउन सक्छ। सरकारबाट हुने सेवामा असन्तुष्टि भएपछि नै नागरिकले तिनीहरुको काममाथि प्रश्न उठाउँछन्। यदि तिनीहरुको काम गराइ चित्तबुझ्दो भयो भने प्रश्नहरु उठ्दैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

नागरिक भनेका सामान्य मान्छे हुन्। तिनीहरुको योग्यता नपुगेरै खरदार, सुब्बादेखि प्रधानमन्त्रीसम्म हुन नसकेका हुन्। यसरी राज्यले नै ती पदमा आसिनहरुलाई सामान्य नागरिकलाई भन्दा विशेष जिम्मेवारी दिएको हुन्छ। तर आफ्नो जिम्मेवारीलाई भुलेर नागरिकले उठाएका प्रश्नहरुको सही ढंगले जवाफ दिन नसकेर नागरिकप्रति दुर्व्यवहार गर्नु अपराध हो।

वडाअध्यक्षले राहत बाँड्दा नागरिकलाई मुक्का हान्नेदेखि प्रधानमन्त्रीले जनताले कुप्रचार गरेको भन्नेसम्मको व्यवहारहरु प्रदर्शन भएका छन्। प्रधानमन्त्रीका सल्लाहकारहरुको तर्फबाट छौंडादेखि खान नपाएकाहरुले गरेको हल्लासम्म भनिएको छ।

ईश्वर, भानुभक्त र योगेशको गैरजिम्मेवारीपन
उपप्रधानमन्त्री ईश्वर पोखरेल कोरोना रोकथाम विरुद्ध सरकारले गठन गरेको समितिका संयोजक छन्। तिनकै कमाण्डमा देशले कोरोना विरुद्ध लडाइँ लडिरहेको छ। तर उनले एक दैनिक पत्रिकामा मुखाले जवाफ फर्काए। उनमा कुनै जवाफदेहिता देखिएन। कमाण्डरमै जवाफदेहिता नदेखिएपछि जनताले कसको कुरा पत्याउने? स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भए छानबिन हुन्छ समेत भन्न सकेका छैनन्।
 
स्वास्थ्यमन्त्री भानुभक्तमा पनि उस्तै व्यहार देखियो। उनले जनस्तरबाट उठेका कैयौं प्रश्नहरुबाट उम्किने प्रयत्न गरेका छन्। चीनबाट ल्याइएका मेडिकल सामग्री खरिदमा पारदर्शी प्रक्रिया नअपनाइएपछि धेरै प्रश्नहरु उठेका छन्। ती प्रश्नहरुको सही जवाफ दिनुपर्नेमा स्वास्थ्य मन्त्री ढकालले प्रश्नहरुको कुनै जवाफ दिनुनपर्ने भनेर पञ्छिए।

योगेश भट्टराईले धेरै हावादारी अभिव्यक्ति दिएर जनतालाई हैरानी थपेका छन्। सुरुमै उनले देशलाई कोरोना मुक्त घोषणा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिए। त्यस लगत्तै १ लाख ३० हजार अट्ने क्वारेन्टाइन बनाइएको घोषणा गरे। मन्त्रीहरु नै गैरजिम्मेवार ढंगले प्रस्तुत हुन थालेपछि सरकारका कामहरु प्रभावकारी हुन कठिन भयो। जुन व्यवहारमा देखिएकै छ।

मन्त्रीहरुले प्रदर्शन गरेको अक्षमताको जवाफदेही प्रधानमन्त्री हुनुपर्छ। तर प्रधानमन्त्री केपी ओली भने जनताले उठाएका प्रश्नहरुको सही समाधानमा भन्दा मन्त्रीहरुको अक्षमतालाई ढाकछोप गर्ने प्रयत्नमा लागेका छन्।

मन्त्रीहरुले सञ्चार माध्यम र जनताका प्रश्नहरुको ओठे जवाफदिएर पञ्छिने जुन तरिका अपनाएका छन्, त्यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो।

सही निर्णय र पारदर्शिताको अभाव
अन्तर्राष्ट्रिय उडानहरु पनि किस्ताकिस्तामा रोक्ने काम भयो। कतार, चीनजस्ता कोरोना जोखिम भएका देशहरुमा उडान बन्द गरिएनन्। अन्तर्राष्ट्रिय उडानहरु रोकिनुपर्छ भनेर पहिल्यैदेखि आवाज उठे पनि सरकारले सही निर्णय लिन सकेन। जसको परिणाम हामीले भोगिरहेका छौं कि कतारबाटै आएका कतिपयमा कोरोना संक्रमण देखिएको छ।

कोरोना रोकथामका सन्दर्भमा गरिएका कुनै पनि कामहरु पारदर्शी ढंगले गरिएनन्। एसईई १२ घण्टाअगाडि मात्रै स्थगित गरियो। जब कि स्थिति करिब १ हप्ताअगाडि देखि नै असामान्य भइसकेको थियो। परिस्थितिको आकलन गर्न सक्ने खुबी सरकारको नेतृत्व गर्नेहरुमा देखिएन।

छुच्चाहरुको सचिवालय
प्रधानमन्त्री ओलीको स्वभाव छुच्चो छ। कैयौं पटक उनले विपक्षीलाई तिखा शब्दहरु प्रहार गरेका छन्। सचिवालयमा रहेका राजनीतिक सल्लाहकार र प्रेस हेर्ने व्यक्तिहरुको पनि त्यस्तै स्वभाव देखिने गरेको छ। जनताले उठाएका प्रश्नहरुको जवाफमा तिनीहरुले उल्टै मानमर्दन गर्ने गरी फर्काउँछन्। सचिवालय जनताप्रति उत्तरदायी हुनुपर्छ कि पर्दैन? निश्चय पनि जसले जनताको करबाट तलबभत्ता खान्छन्, तिनीहरु जनताप्रति जवाफदेही, उत्तरदायी हुनुपर्छ। यसमा विवाद हुन सक्दैन।

प्रधानमन्त्रीका आइटी सल्लाहकार संलग्न संस्थाले अनलाइन सञ्चार माध्यमको समाचार अवैध ढंगले हटायो। त्यसको व्यापक रुपमा आलोचना भयो। त्यसको नैतिक जिम्मेवार ती सल्लाहकार हुन् भन्ने प्रश्न अझै निवारण भएको छैन।

प्रधानमन्त्रीको सचिवालयमा बसेर जनताको मानमर्दन गर्ने अधिकार तिनीहरुलाई छैन र हुनुहुँदैन। तिनीहरुबाट पटकपटक तुच्छ शब्दहरु प्रयोग भएका छन्। तर तिनीहरुले कहिल्यै आत्मालोचना गरेका वा माफी मागेका छैनन्।

बालुवाटारमा बस्ने व्यक्तिहरुको दम्भ सार्वजनिक रुपमा प्रकट हुने गरेको छ। उनीहरुले केही निश्चित व्यक्तिहरुसँग सामान्य र सौहार्दपूर्ण व्यवहार गरेका हुन सक्छन्। आफ्नो पार्टी पंक्तिभित्र पनि सौहार्दपूर्ण व्यहार हुन सक्छ। तर, तिनीहरुबाट प्रकट हुने सार्वजनिक व्यवहारले सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ। 

प्रश्नै उठाउन नपाइने?
सरकारका हरेक कामहरुमा प्रश्न उठ्न सक्छन्। सरकारले गरेका राम्रै कामका त प्रश्न उठाइन्छ भने चित्त नबुझेका काममा प्रश्न उठ्नु स्वभाविक हो। कोरोना विरुद्धको अभियानमा सरकारका कामहरु प्रभावकारी रुपमा सम्पादन भएका छैनन्। त्यसैले प्रश्न उठ्न उठेका हुन्।

स्वास्थ्य सामग्री खरिदमा देखिएको अपारदर्शिता, सुस्त गतिमा भइरहेको परीक्षण, सीमापारि धार्चुला र सुनौली लगायतका ठाउँमा नेपालीहरुले भोग्नुपरेका दुःख, तिनीहरुमाथि भइरहेको जोखिम जस्ता विषयहरुमा नागरिकको प्रश्न जायज छन्।

निजी अस्पतालले बिरामीको उपचार गर्न नसक्नुमा सरकारको गलत नीति जिम्मेवार रहेको कुरामा कुनै दुविधा छैन। कोरोना महामारीको त्रासमा अन्य बिरामीहरुले उपचार नपाएर भटाभट ज्यान गुमाइरहेका छन्। बिरामीहरु अस्पतालको गेटमा छटपटाएका समाचार, तस्बिर र भिडियोहरु सार्वजनिक भएका छन्। महामारीको समयमा अमानवीय व्यवहारहरु निजी अस्प्तालबाट भएका छन्। सरकारी अस्पताले पनि सही ढंगले उपचार सेवा दिएका छैनन्। यस विषयमा नागरिक तहबाट प्रश्नहरु उठेका छन्।
 
सरकारका मन्त्रीहरु जनस्तरबाट उठेका यी सबै प्रश्नहरुबाट पञ्छिने जुन प्रयत्न गरिरहेका छन्, त्यो तिनीहरुले प्रदर्शन गरेको अक्षमताको परिणाम हो। आफ्नो अक्षमतालाई ढाकछोप गर्नको लागि नागरिकले उठाएका प्रश्नमाथि प्रहार गरिएको छ। नागरिकहरुलाई दोष थोपरिएको छ। सञ्चार माध्यममा उठाइएका प्रश्नहरु पनि नागरिककै प्रश्नहरु हुन्। यदि पूर्वाग्रही ढंगले प्रश्न उठाइएका छन् भने सरकारले त्यसको जवाफ व्यवहारबाटै दिन सक्नुपर्छ। अपमानजनक ढंगले होइन।  

(पोखरेल नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन्)

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ०८:०६
  • #coronaupdate
  • #ओली
  • #सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विमल पोखरेल
लेखकबाट थप
मुखाले शासकका नाममा
सम्बन्धित सामग्री
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ यो एक वर्षमा सत्ताको स्वरूप बदलियो। पुराना राजनीतिक दलको आन्तरिक लोकतन्त्रको विषय निकै पेचिलो बन्यो। नेपाली कांग्रेसमा नयाँ पुस्ताको... मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? युवाहरूको त्यो असन्तुष्टि आन्दोलनमा बदलियो। सडकमा नाराबाजी भयो, प्रदर्शन भए, तनाव सिर्जना भयो र राज्य संयन्त्रमाथि नै गम्भीर प्रश्न... मंगलबार, भदौ २३, २०८३
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्