काठमाडौैं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले जातियता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएको बताएका छन्। त्यस्ता तत्वविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उनले बताए।
हिन्दु धर्मगुरु श्रीनिवास आचार्य माथि भएको गोलि प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा बिभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजविन जारी रहेको जानकारी दिए। आचार्यमाथि आइतबार विराटनगरमा गोली प्रहार भएको थियो।
प्रतिनिधिमण्डलको माग बमोजिम घाईते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने समेत उनले आश्वासन थिए।
प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानविन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाईते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।