काठमाडौं- एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको लिन पाउने भएका छन्। एनसेलले नयाँवर्ष २०७७ को अवसरमा यस्तो अफर योजना ल्याएको हो।
यो अफर योजनाअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवासहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्ने एनसेलले जनाएको छ।
एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो। अफरअन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक करसहितमात्र २० रुपैयाँमा पाउने सक्ने एनसेलले जनाएको छ।
शून्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन पाइने एनसेलले जनाएको छ। यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिनदेखि ५ दिनको लागि चल्ने एनसेलले जनाएको छ।
ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र १० रूपैयाँमा सुचारु गर्न पाउने एनसेले जनाएको छ। यसको समय सिमा सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ। यसमा थप शूल्क नलाग्ने एनसेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।