Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियाका नेपालीले पठाएको मेडिकल सामग्री मन्त्रीलाई बुझाउने धोको अधुरै

64x64
लिलु डुम्रे शनिबार, चैत २९, २०७६  १८:३७
1140x725

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दक्षिण कोरियाबाट आएको मेडिकल सामग्री बुझ्ने प्रतिबद्धतता जनाएपनि हस्तान्तरण गर्न आयोजित कार्यक्रममा भने नै उपस्थित भएनन्। पूर्व निर्धारित समय अनुसार शनिबार १२ बजे एनआरएनका प्रतिनिधिसहित मन्त्री ढकाललाई सामाग्री हस्तान्तरण गर्ने तय भएको थियो। मन्त्री ढकालले व्यस्तता जनाउँदै दिउँसो २ बजेका लागि कार्यक्रम सारे। सोही अनुरुप गैरआवासीय नेपाल संघका प्रतिनिधि र थप केही व्यक्ति माइतीघरस्थित मन्त्रालयमा पुगेका थिए। 

निर्धारित समयमा मन्त्री नआएपछि कार्यक्रम सुरु हुने अवस्था रहेन। मन्त्रालयबाट जिम्मेवार प्राप्त कुनै व्यक्ति आएर प्रतीक्षा गर्नुपर्ने समयको समेत एकिन गरेनन्। उपस्थित व्यक्तिहरु मन्त्रालयकै प्राङगणमा टहलिए। केही समयपछि मन्त्रालयबाट मन्त्री आउन केही समय ढिलो हुने जानकारी गराइयो। मन्त्रीलाई नै सामाग्री हस्तान्तरण गर्न भनी प्रतिक्षा हुँदाहुँदै एक व्यक्ति आएर मन्त्री उपस्थित हुन नसक्ने जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीको भिडिओ कन्फ्रेन्सले गर्दा मन्त्री उपस्थित हुन नसकेको कारण देखाइयो।

पूर्व निर्धारित समयलाई मन्त्रीकै चाहनाअनुसार सारिएको थियो। तापनि उनी उपस्थित भएनन्। मन्त्रीलाई हस्तान्तरण गर्ने इच्छा तुहियो। डेढ घन्टा बढी कुराएर सचिव यादव कोइरालालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरियो। उनी पनि मन्त्रालयमा बैठकमै भएकाले प्रतीक्षा गर्न लगाए। आधा घन्टा कुरेपछि सचिव कोइराला प्राङ्गणमा ओर्लिए। करिब १५ मिनेटमै कार्यक्रम सम्पन्न भयो। एनआरएनका प्रतिनिधिले एक थान मेडिकल सामग्री कोइरालालाई हस्तान्तरण गरे। 

पसिनाले आर्जन गरेको रकममार्फत् पठाइएको सामग्री मन्त्रीलाई नै हस्तान्तरण गर्ने उत्कट इच्छा इच्छामै सीमित भयो। प्रवासी भूमिमा रहेका कामदार मन्त्रीको बोली समेत सुन्न चाहन्थे। प्राप्त सामग्रीको सही सदुपयोग हुनुको साथै ठूलो संख्यामा परीक्षणको दायरा बढाइयोस् भन्ने उनीहरुको चाहना थियो।उनीहरुको थप इच्छा थियो, आउन बाँकी रहेको सामानलाई समेत मन्त्रीले सहजीकरण गरिदिउन्। मन्त्रीको अभिव्यक्तिले विश्वस्त हुन खोजेका कामदारको आकांक्षालाई पुरा हुन सकेन। ढकालकै कारण मजदुरले उनको प्रतिबद्धता सुन्ने वातावरण बनेन। 

बढीमा आधा घन्टामा सकिने कार्यक्रमका लागि मन्त्री किन उपस्थित भएनन्, उपस्थितमा जिज्ञासा पैदा स्वभाविक उठ्यो। चार घन्टा लामो भिडिओ कन्फ्रेन्स सकिएर पनि मन्त्री ढकाल आउन सक्ने अवस्था थियो। अन्तिममा सचिवलाई अघि सारियो।

महासंकटसँग जुध्न कोरियाबाट आएको सामग्री सानो कष्टले नेपाल आइपुगेको थिएन। चैत ४ मा फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएसँगै चिकित्सकलाई सुरक्षा कवच सामाग्री (पिपिई)को चरम अभाव भएको विषय बाहिरियो।साथै,कोरोना परिक्षणको लागि किट पनि अभाव थियो। चैत १० मा उनलाई भाइरस देखिएको दुई दिन पछि कोरियाको एनआरएन र केही युवाहरुले पहल गरे। चार दिने अभियान चल्यो– एक व्यक्ति एक किट।

संकटमा रहेका नेपाललाई त्राण दिन सहृय युवाहरुले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरे। चार दिनमै १४ करोड २६ लाख ३७ हजार कोरियन वन उठ्यो। किट प्रयोजनका लागि उठेको करिब एक करोड चालिस लाख रुपयाँले तत्काल सामग्री पठाउने अवस्था बनेन।

Ncell 2
Ncell 2
nimb
nimb

हवाई उडान मार्फत नेपाल पठाउने प्रयास सफल हुन सकेन। नेपालले अन्तराष्ट्रिय उडानलाई गरेको रोकावटले गर्दा मेडिकल सामान नेपाल पठाउन सम्भव भएन। अर्को विकल्पका रुपमा चिनको बाटो हुँदै सामान पठाउन थियो। चिनले संक्रमित भएका देशको हवाइ आवागमन रोकिदियो।

१५ दिन अघि नै पठाउने तयारी शुक्रबार मात्रै सफल भयो। कोरियन एयरको चाटर्ड विमान मार्फत समान नेपाल आइपुगेको छ। शुक्रबार आएको सामान स्वास्थ्य विभागलाई जिम्मा लगाइएको छ। कोभिड-१९ परीक्षण किट ४ हजार थान, पिपिई ५ सय सेट र आरएनए किट १६ सेट नेपाल आइपुगेको थियो शुक्रबार मात्र। कोरियन एयर अवतरण गरी सामान बुझ्ने क्रममा समेत सरकारी निकायको समन्वय नहुदाँ सास्ती भोग्नुपरेको थियो। 

चीनको गोन्जाउ हुँदै दोश्रो लटको सामान पठाउने तयारी छ। चाटर्ड विमानको अपेक्षा एनआरएन कोरियाको छ। त्यसका लागि मन्त्रीको सक्रियता बुझ्न चाहेपनि हस्तान्तरणमा मन्त्री उपस्थित भएनन्। दोश्रो लटको सामग्री छिटो नेपाल ल्याउन  सरकारकै तत्परतामा आवश्यक रहने कोरियाका व्यवसायी रुद्र शर्मा बताउँछन्।

चाटर्ड विमानको प्रतीक्षामा रहेका थप सामग्रीमा गाउन पिपिइ सेट २ हजार थान,एन ९५ मास्क १० हजार प्रति,सर्जिकल मास्क २० हजार प्रति,गोगल्स २ हजार प्रति,प्रोटृेक्टिङ भाइजर २ हजार थान, पञ्जा १० हजार थान र आइआर थर्मोमिटर ५ सय प्रति छन्।

Xtrem

Xtrem

दक्षिण कोरियास्थित एनआरएन,विभिन्न संघ संस्था र अभियन्ताको सक्रियतामा करिब चार हजार ५ सय जनाले आर्थिक सहयोग गरेका थिए।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्