काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) अब कनेक्ट आइपीएसमार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ। विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा यो सेवा थप गरिएको कम्पनीले जानकारी दिएको छ।
कनेक्ट आइपिएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरबाटै बिमा शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ। कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीको सहजताका लागि यस्तो व्यवस्था संचालनमा ल्याइएको कम्पनीले बताएको छ।
जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ। लकडाउनका कारण बाहिर हिँडडुल गर्न समेत सरकारले रोक लगाएको अवस्थामा सेवाग्राहीको पहुँसम्म पुग्न कम्पनी प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ। यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटलहरु इ-सेवा तथा प्रभु-पेबाट अनलाइन भुक्तानी भइरहेको छ।
त्यस्तै, फोन-पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैङ्कको इन्टरनेट बैङ्कमार्फत् अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ। नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बिमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।