काठमाडौं– सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नयाँ संरचना पारित गरेको छ।
मन्त्रालयको नयाँ संरचना अनुसार ऊर्जा र जलस्रोत गरी दुई सचिव रहनेछन्। दुई सचिवालय अन्तर्गत मन्त्रालयमा ७ सहसचिव रहनेगरी ७ महाशाखा रहनेछन्। यस्तै, ७ महाशाखा अन्तर्गत २० शाखा रहने भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा अब १ सय १७ जनाको दरबन्दी कायम गरिएको छ। अघिल्लो संरचनामा १ सय १२ कर्मचारीको दरबन्दी थियो।
महाशाखा र शाखाहरु
१. जलस्रोत महाशाखा
सिंचाईं शाखा
जलउत्पन्न प्रकोप व्यवस्थापन शाखा
बहुउद्देश्यीय आयोजना शाखा
२. ऊर्जा महाशाखा
विद्युत् तथा ऊर्जा नीति शाखा
आयोजना प्रवद्र्धन तथा अनुमतिपत्र शाखा
विद्युतीकरण, विद्युत् व्यापार तथा प्रणाली विस्तार शाखा
वैकल्पिक ऊर्जा प्रवद्र्धन तथा ऊर्जा कुशलता शाखा
३. विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा
विकास साहयता तथा प्रादेशिक समन्वय शाखा (जलस्रोत)
विकास सहायता तथा प्रादेशिक शाखा (ऊर्जा)
४. कार्यक्रम, बजेट तथा अनुगमन महाशाखा
कार्यक्रम तथा बजेट शाखा (ऊर्जा)
कार्यक्रम तथा बजेट शाखा (जलस्रोत)
अनुगमन तथा मूल्यांकन शाखा
५. जल, मौसम तथा वातावरण महाशाखा
जल तथा मौसम विज्ञान शाखा
हिम, हिमनदी तथा जलवायु परिर्वतन शाखा
वातावरण शाखा
६. प्रशासन महाशाखा
कर्मचारी प्रशासन शाखा
आर्थिक प्रशासन शाखा
आन्तरिक प्रशासन तथा अभिलेख व्यवस्थापन शाखा
सूचना तथा जनसम्पर्क शाखा
७. कानुन तथा फैसला कार्यान्वयन महाशाखा
कानुन तथा फैसला कार्यान्वयन शाखा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नयाँ संरचना अनुसार यस्तो रहनेछ १ सय १७ दरबन्दीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।