पोखरा– पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। अवतरणका क्रममा विमानको चक्का 'लक' भएपछि समस्या आएको थियो।
९एन–एएचयू कलसाइन विमानमा चक्का लक भएपछि धावन मार्गमै रोकिएको हो। विमानस्थलमै विमान रोकिएपछि अन्य उडान प्रभावित भएका छन्।
२८ जना यात्रुसहित विमानले काठमाडौंबाट उडान भरेको थियो। विमानमा सवार यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको पोखरा विमानस्थलले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।