• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यसरी असफल भयो सुविधा खाने सांसदहरुको दाउ

64x64
नेपाल लाइभ आइतबार, असोज ८, २०७४  १९:३१
1140x725

काठमाडौं– पूर्व पदाधिकारीहरुलाई सुविधा दिन भनी सरकारले दुई पटकसम्म गरेको प्रयास अन्ततः असफल भएको छ।  

आइतबार संसदको राज्य व्यवस्था समितिको उपसमितिबाट पारित भएको प्रतिवेदन पुनः उपसमितिमै फर्किएको हो।

सोमबारको बैठकमा विशिष्ट पदाधिकारी र सांसदहरुलाई एकै कानुनले सुविधा दिने व्यवस्था गर्न नमिल्ने जिकिर गृहमन्त्री जर्नादन शर्माले गरेपछि विधेयक उपसमितिमै फर्कियो। 

समितिबाट पारित हुन नसकेको पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक दोस्रो पटक पनि कानुन बन्न असफल भयो।

यसअघि गृहमन्त्री वामदेव गौतमले २०७२ वैशाख २७ मा पहिलो पटक संसदमा सुविधा सम्बन्धी विधेयक दर्ता गराएका थिए। उक्त विधेयकमा आलोचना भएपछि सरकार आफैंले असार १० मा फिर्ता लिएको थियो। 

एक पटक फिर्ता लिइएको विधेयकमा सुविधा घटाउनुपर्नेमा झन् थप गर्दै सरकारले पुनः दोस्रो पटक २०७३ फागुन ११ मा विधेयक पेश गरेका थियो।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सदनमा पेश गरेको उक्त विधेयकमा अरु केही सुविधा थपिएको थियो।

उक्त विधेयक सचिवालय हुँदै राज्य व्यवस्था समितिमा संशोधन र छलफलका लागि आइपुगेको थियो। विधेयकमा संशोधन हाल्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र केही साना दल सांसदले पूर्वपदाधिकारी सरह सुविधा सांसदले पनि पाउनुपर्ने माग गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

संशोधन दर्ता भए लगत्तै सरकारले समितिबाट प्रतिवेदन बनाई पटक-पटक पारित गराउने कोसिस गर्दै आएको थियो।

फास्टट्र्याक  विधि लगाएर भए पनि सरकारले विधयक पारित गर्न दुई पटक प्रयास गरेको थियो। संसद बैठकअघि बस्ने कार्यव्यवस्थामा सहमति हुन नसकेपछि उक्त प्रयास सफल हुन सकेको थिएन।

विधेयक पारित गराउने प्रयास असफल भएपछि उपसमिति मार्फत सुविधा लिने व्यवस्था राख्ने चलखेल सुरु भएको हो। तर, सोमबार विधेयकमा सांसदहरुले आफूलाई पनि पूर्व पदाधिकारीमा सूचीकृत गरी सुविधा लिन गरेको प्रयास गृहमन्त्री जनार्दन शर्माले असफल पारिदिए। 

शर्माले विशिष्ठ मर्यादाक्रममा रहेका व्यक्ति र सांसदलाई एकै कानुनद्वार व्यवस्था गर्न नहुने र त्यसका लागि अलग्गै कानुन निर्माण गर्नुपर्ने प्रस्ताव राखेपछि विधेयक पारित गराउने प्रयास असफल भएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसदहरुले व्यवस्थापिका संसदको पदावधि एक महिना बाँकी रहेको समयमा  विधेयक पारित गराई आफूलाई पूर्व पदाधिकारीमा पार्न खोजेका थिए। 

सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले यो संसदको अवधि अब कात्तिक ५ गतेसम्म मात्र रहनेछ। 

‘विधेयकमा पूर्व पदाधिकारी भनी सूचीकृत हुने र भविष्यमा निर्माण हुने ऐनमा सुविधा थप गराउने गलत मनसाय बोकेर प्रस्ताव राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘भविष्यमा निर्माण हुने सरकार पनि राजनीतिक भागवण्डाबाटै बन्ने लगभग निश्चित भएकाले थप सुविधा दिने कुरा सुनिश्चित गराउन सकिने संकेतका आधारमा प्रस्ताव आएको थियो।’

यदि उक्त विधेयक पारित भएको भए पूर्वसांसद, यो संसद सकिएपछि अवकाश पाउने ५ सय ९० र आगामी संघीय सांसदहरुलाई अवकाशपछि देशले सुविधा मात्रै वितरण गर्न राज्यको आधा बजेट हिस्सा  छुट्याउनुपर्ने देखिएको थियो।

उक्त विधेयकमा राख्न लागिएको व्यवस्थाको सार्वजनिक रुपमा सर्वत्र आलोचना भएको थियो। तर, पनि राज्य व्यवस्था समितिको उपसमितिले सरकारी अस्पतालमा उपचार सुविधा दिने नाममा सांसदहरुलाई पूर्व पदाधिकारी  बनाउन खोजेको थियो। 

उपसमितिको प्रतिवेदन तयार भए लगत्तै समितिमा पुर्‍याएर पारित गर्दै विधेयक संसदमा पेश गर्ने  तयारी थियो। तर, गृहमन्त्री शर्मालाई  अर्थ मन्त्रालयका कर्मचारीले उक्त विधेयक पारित भएपछि तत्कालै पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र अन्यलाई सुविधा दिन एक अर्बभन्दा धेरै रकम तत्काल आवश्यक हुने जानकारी गराए। त्यसका लागि बजेट नभएको र प्रत्येक आर्थिक वर्षमा  यो संख्या दोब्बर रुपमा वृद्धि हुने जानकारी गराए।  

पूर्व पदाधिकारीलाई गाडी, आवास र अन्य खर्च उपलब्ध गराउन अर्थले सहमति दिन नसक्ने जनाउ दिएपछि शर्माले राज्य व्यवस्थाका केही सांसदसँग छलफल गरेका थिए। 

सभापति दिलबहादुर घर्तीसहित एमाले, कांग्रेस र माओवादीका सांसदसँगको छलफलपछि आइतबार बसेको राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री शर्माले विधेयक रोक्न प्रस्ताव गरे। उक्त प्रस्तावलाई सभापति घर्तीले समितिमा राख्दै सुविधा विधेयक पुनः उपसमितिमै फिर्ता पठाएर थप छलफल गर्ने प्रस्ताव राखे। सभापति र गृहमन्त्रीको प्रस्तावलाई सर्मथन गर्दै एमालेका सांसद गंगालाल तुलाधरले विधेयकमा हतार नगरौं भन्ने तर्क गरेका थिए।

गृहमन्त्री शर्माले सम्माननीय र माननीयबीच फरक छुट्याउन नसके समस्या आउने तर्क राखेपछि सुविधाको पक्षमा लबिङ गर्ने सांसदहरु मौन बसेका थिए। 

‘समितिले आइतबार विधेयक उपसमितिमै फर्काउनु भनेको अब यो संसदले उक्त विधेयक पारित गर्दैन भन्ने हो,’ समितिका सदस्य तुलाधरले भने, ‘अब निर्वाचित भएर आउने सांसदले नै छलफल गरेर आवश्यक कानुन बनाउनेछन्।’

यस्तो थियो उपसमितिको प्रतिवेदन

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, पूर्व सभामुख र राष्ट्रियसभाका अध्यक्ष) लाई सुविधा उपलब्ध गराउने विधेयकमा  गत आइतबार सहमति जुटाएको थियो।

कांग्रेस सांसद जीवनबहादुर शाही नेतृत्वको उपसमितिले पूर्व राष्ट्रपति सहितका पूर्व पदाधिकारीलाई आजीवन सुविधा दिने प्रस्तावित विधेयकको प्रावधानलाई सामान्य परिमार्जनसहित पारित गरेको  थियो। 

उपसमितिले पूर्व राष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ घरभाडा, ५० हजार रुपैयाँ वृत्ति विकाससँगै सचिवालय, सवारी साधन, इन्धन, चालक, सुरक्षासहितको सुविधा दिने प्रावधान राखेको थियो।

आवासको व्यवस्था नहुन्जेल सरकारले काठमाडौं उपत्यकामा आफ्नो वा एकाघर परिवारको नाममा घर नहुने पूर्व राष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ र अन्य पूर्व पदाधिकारीलाई मासिक ७५ हजार रुपैयाँ घरभाडा बापत उपलब्ध गराउने  उपसमितिको प्रतिवेदनमा उल्लेख थियो। 

उपसमितिले गरेको प्रस्तावमा उपत्यकामा घर हुने पूर्व राष्ट्रपतिले वार्षिक रुपमा एकमुष्ट १० लाख रुपैयाँ र पूर्व उपराष्ट्रपति, प्रधानमन्त्री सहितका अन्य पूर्व पदाधिकारीले वार्षिक रुपमा एकमुष्ठ ३ लाख रुपैयाँ घर मर्मत खर्च पाउने प्रस्ताव गरिएको थियो। सरकारले सदनमा पेस गरेको विधेयकमा उपत्यकामा घर नहुने अन्य पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति बाहेक) ले मासिक ७५ हजार रुपैयाँ र उपत्यकामा घर हुने पूर्व पदाधिकारीले त्यसको आधा (साढे ३७ हजार रुपैयाँ) घर मर्मत खर्च पाउने व्यवस्था प्रस्तावित थियो।

उपसमितिले सरकारी सुविधाको गाडी पाउने पूर्व राष्ट्रपति सहितका सबै पूर्व पदाधिकारी (पूर्व सांसद बाहेक) लाई मासिक २५ हजार रुपैयाँ गाडी मर्मत खर्च थप गर्ने व्यवस्था प्रस्ताव गरेको थियो। यही विधेयकमा पूर्व पदाधिकारीमा सांसदहरुलाई समेत समाविष्ट गराउने भनिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले पार्टीहरूमाथि नियन्त्रण गर्न खोजेको कांग्रेस महामन्त्री पौडेलको आरोप शुक्रबार, कात्तिक २७, २०८३
झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’ शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्