विराटनगर– संखुवासभामा एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ।
सभापोखरी–२, धुपु गोठगाउँकी ६५ वर्षीय रत्नकुमारी राईको काभ्रोको रुखबाट लडेर मृत्यु भएको हो।
घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी राईको उपचारकै क्रममा जिल्ला अस्पताल खाँदबारीमा सोमबार राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले संखुवासभाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।