काठमाडौ- समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा आलोचनालाई बेमौसमी बाजा भन्नु अलोकतान्त्रिक भएको बताएका छन्। प्रधामन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा महामारीका बेला एक जुट हुनुपर्नेमा सरकारलाई असफल देखाउन बेमौसमी बाजा बजाइएकाे बताएका थिए।
डा भट्टराईले समाजिक सञ्जाल ट्विटरमा लेख्दै संकटको बेला कार्यकारी प्रमुखले जनतालाई सम्बोधन गर्नु राम्रो भएको बताउँदै जनतालाई जीवन वा स्वतन्त्रमध्ये एक रोज भन्नु आपत्तिजनक भएको बताए। ‘संकटको बेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा संम्बोधन गर्नु राम्रो हो,’ भट्टराईले भने, ‘तर, प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रता मध्ये एक रोज भन्नु चाँहि आपत्तिजनक छ। लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।’
प्रधानमन्त्री ओलीले आलोचनालाई बेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति भएको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।