• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशमा अवैध बसेका नेपाली अलपत्र, भन्छन्- न हेर्छ सरकार, न त दूतावास

64x64
निर्मला घिमिरे मंगलबार, चैत २५, २०७६  १९:०४
1140x725
कुवेतमा अन्य देशका महिला कामदारका साथमा नेपाली महिला कामदार। अन्य देशका कामदार घर फर्कन थालेकाले नेपाली कामदारले पनि आफूहरूलाई सरकारले फर्काउनु पर्ने माग गरेका छन्।

काठमाडौं- कोरोना भाइरस संक्रमण फैलिएसँगै परदेशमा अवैध रुपमा रहँदै आएका नेपाली श्रमिक समस्यामा परेका छन्। मलेसिया र खाडीका विभिन्अन देशमा अवैध रूपमा रहँदै आएका नेपालीहरू समस्यामा परेका हुन्। 

कतिपय मुलुकले अवैध तथा वैध सबै श्रमिकहरुका लागि पारिश्रमिक तथा सेवा/सुविधा दिने निर्णय गरिसकेका छन् भने कतिपय मुलुकले अवैध आप्रवासीका लागि राहत प्याकेज ल्याएका छैनन्। यस्तो अवस्थामा विदेशमा ठूलो संख्यामा अवैध रुपमा रहेका नेपाली श्रमिक समस्यामा परेका छन्।  

आफूहरु अवैध भएकै कारण गन्तव्य मुलुकस्थित नेपाली दूतावासले पनि गुनासो नसुन्दा आफूहरु भोकभोकै परदेशमा बस्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। 

सरकारले घरेलु कामदारका रुपमा श्रम स्वीकृति लिएर खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि भारतको बाटो हुँदै अवैध रूपमा गन्तव्य मुलुक पुगेका हजारौँ संख्याका महिला श्रमिकले यतिबेला आफूहरुलाई परदेशमा खानबस्न समेत समस्या भएको बताएका छन्। 

काम बन्द भएपछि आफूहरूलाई खानबस्न समेत समस्या भएको र समस्यामा दूतावासले पनि साथ दिन नसक्ने बताएको उनीहरूको गुनासो छ। भारतको बाटो हुँदै कुवेत पुगेका महिला श्रमिकहरू दुई महिनादेखि अलत्र छन्। 

कुवेतमा अलपत्र घरेलु श्रमिक
शरणामती-६ झापाकी बबिता बराइली २ महिनादेखि कुवेतमा अलपत्र छन्। घरेलु कामदारका रुपमा कुवेत पुगेकी उनी घरको काम छाडेर त्यहाँको स्थानीय विद्यालयमा काम गर्दै आएकी थिइन्। विभिन्न मुलुकका साथीहरुसँग मिलेर कुवेतमै कोठाभाडामा बस्दै आएको उनले बताएकी छन्। 

'फिलिपिन्सलगायत मुलुकका साथीहरु स्वदेश फर्किसकेका छन्। भारतीय साथीहरु पनि फर्कने तरखरमा छन्,' उनले भनिन् ‘कुवेतले अवैध आप्रवासीहरुलाई धमाधम स्वदेश फर्काउन सुरु गरेको छ। सबै देशले आफ्ना नागरिकहरुलाई लगिरहेका छन्। नेपाल सरकारले भने आफ्ना नागरिकहरुको बेवास्ता गरिरहेको छ।’

दुई महिनादेखि काम पनि नपाएकाले अब कोठाभाडा कसरी तिर्ने र के खाने भन्ने चिन्ताले पिरोल्न थालेको उनको भनाइ छ। 'कहिलेकाहीँ साथीसँग मिलेर गुजारा गरिरहेका छौं,' ‘दूतावासमा फोन गर्‍यो। तपाईं भारत हुँदै आउनु भएकाले हामी केही गर्न सक्दैनौँ भन्छ। भारत हुँदै आउने हामी चाहिँ नेपाली नै होइन?, यस्तो परिस्थितिमा दूतावासले सहयोग नगर्ने भए दूतावास केका लागि?’

nimb
nimb

बबिताजस्तै झापा शनिश्चरेकी लक्ष्मी माझी पनि अलपत्र छन्। कुवेत लकडाउन छ। बाहिर कतै हिड्न 'अकामा' छैन। प्रहरीले समात्यो भने कति समय जेल बस्नुपर्ने भन्ने चिन्ता छ। 

'न पैसा छ, न खानेकुरा। चिनजानका साथीहरुसँग मागेर केही छाक टारिरहेका छौं,' उनले दुखेसो सुनाइन्, 'कहिले भोकै पनि बस्नपर्ने अवस्था छ।'

उनीहरुजस्ता थुप्रै नेपाली महिलाहरु कुवेतमा अलपत्र छन्। 'देश फर्किन पाइँदैन। कुवेतमा खान पाइँदैन। यसरी कति दिन बाँचिन्छ? सरकारले हाम्रो कुरा सुनोस्। हामी नेपाल फर्किन चाहान्छौँ,’ उनले भनिन्।

कुवेत सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासीलाई स्वदेश फिर्तीका लागि बाटो खुल्ला गरिसकेको छ।अवैध रुपमा रहेर काम गर्दै आएका फिलिपिन्स, पाकिस्तान, इजिप्ट, म्यानमार, थाइल्याण्ड, भारतलगायतका नागरिकलाई सम्बन्धित मुलुकले स्वदेश फर्काउन सुरु गरेका छन्। नेपाल सरकारले भने नेपालीहरुलाई पनि सम्बन्धित गन्तव्य मुलुकमा सुरक्षित रहन आग्रह गरिरहेको छ। 

अवैध रूपमा बसेका श्रमिकलाई तत्काल उद्धार गर्ने विषयमा कुनै छलफल तथा तयारी नरहेको कुवेतस्थित नेपाली दूतावासले बताएको छ। 'कुवेत सरकारले कुनै सेवासुविधा उपलब्ध नगराउने र दूतावासले पनि अवैध रूपमा बसेकालाई तत्काल उद्धार तथा सहयोग गर्न सक्ने अवस्था छैन,' दूतावासकी द्वितीय सचिव जानकी ओझाले भनिन्। उनका अनुसार कुवेत सरकारको नियमअनुसार अवैध रूपमा बसेका आप्रवासीलाई स्वदेश फर्काउन सुरु भए अवैध नेपाली पनि स्वदेश फर्कन पाउनेछन्।

विदेशका नेपालीको समस्यामा सरकारले सहजीकरण गरिरहेको छ : प्रधानमन्त्री ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै सबै नागरिकलाई यथास्थानमा सुरक्षित रहन सुझाएका छन्। आफूले नेपाली श्रमिकका गन्तव्य मुलुकका समकक्षीसँग टेलीफोनवार्ता गरी नेपालीबारे चासो लिएको प्रधानमन्त्री ओलीले बताएका छन्। 

सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘यो विश्वव्यापी संकटको घडीमा लाखौँको संख्यामा विदेशमा रहेका नेपाली‍ आफ्नो स्वास्थ्य सुरक्षा, रोजगारी, पढाइ वा समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ। यो परि‍स्थितिमा सरकारको साथ सहयोग र सहानुभूति छ। यसबारे स्वयम् राष्ट्रपतिज्यूले दूतावासमार्फत् चासो लिइराख्नुभएको छ।’ 

विदेशमा रहेका नेपालीको समस्यामाथि परराष्ट्र मन्त्रालयले समन्वय र सहजीकरण गरिरहेको प्रधानमन्त्री ओलीले बताए। आपत्तकालीन अवस्था भएकाले सबै राष्ट्रले आफ्नो शरणभित्र रहेका सबै नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व रहेकाले विदेशमा रहेका सबै नेपालीलाई यथास्थानमा सुरक्षित रहन प्रधानमन्त्री ओलीले आग्रह गरे। 

समस्याको सम्बोधनका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासले सक्रिय रुपमा सहयोग पुर्‍याइरहेको प्रधानमन्त्री ओलीको दाबी छ। 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने शुक्रबार, भदौ १२, २०८३
चिनियाँ पक्षको सूचना :  विस्फोटक बहाबको जोखिम कम हुनसक्छ शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
विश्वप्रकाशको आग्रह– सर्वोच्चको निर्णयपछि अब कांग्रेस आन्तरिक विवादमा नअल्झियोस्, संकटमा एकताबद्ध बनौँ शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्