गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
स१ह १२५३ नम्बरको टेम्पोको ठक्करवाट सुनसरी बराह नगरपालिका–८ की ८० वर्षीय पदमालक्ष्मी श्रेष्ठको मृत्यु भएको हो।
टेम्पोको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।