काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। प्रतिस्पर्धीद्वय डा राजन खनाल र चिन्तामणि शिवाकोटीलाई पाखा लगाउँदै अधिकारी गभर्नर भएका हुन्।
मन्त्रिपरिषदको सोमरबारको बैठकले अधिकारीलाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो। राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।
अधिकारीले आफूलाई गभर्नर नियुक्तीको जानकारी आएको नेपाल लाभइसँग बताए। राष्ट्र बैंकका तत्कालीन् गभर्नर डा चिरंजिबी नेपालको कार्यकाल सकिएसँगै रिक्त स्थानमा अधिकारी आएका हुन्।
चार्टर्ड एकाउन्टेन्ट अधिकारीले राष्ट्र बैंकमा ३१ वर्ष काम गरेका छन्। राष्ट्र बैंकको इतिहासमा पहिलोपटक चार्टर्ड एकाउन्टेन्टलाई गभर्नरको जिम्मेवारी दिइएको हो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।