काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वसचिव केशव भट्टराई र नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।
मन्त्री खतिवडासहित पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा रहेको छनोट समितिले यो सिफारिस गरेको हो।
सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।