• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

फरक-फरक लक्षणमा प्रस्तुत हुन सक्छ कोभिड-१९

डा सुवास प्याकुरेल सोमबार, चैत २४, २०७६  १०:३६
1140x725

नयाँ भाइरसले गराएको बिल्कुलै नयाँ रोग हो- कोभिड -१९। यसका बारेमा मेडिसिनका किताबमा आइसक्ने त टाढाको कुरा, गतिलो र गहकिलो अनुसन्धान मनग्गे मात्रामा हुन समेत भ्याएको छैन। यतिखेर चिकित्साकर्मी र अनुसन्धानकर्मी आ-आफ्नो शतप्रतिशत शक्ति र समयको लगानीका साथ यो रोगले मच्चाइरहेको उत्पातको यथोचित व्यवस्थापनमै तल्लिन छन्।

यसले राजनीतिकर्मीलाई पनि आच्छुआच्छु पारिरहेको छ यतिखेर, 'थाल खाउँ कि भात खाउँ' भन्ने उखान जस्तै। शायद प्रलय भन्ने शब्द यस्तै अवस्थाका लागि बनेको हुनुपर्छ भनिरहेछन्, लकडाउनको समयमा च्याट गरेर समय व्यतित गरिरहेका आम मानिसहरु। प्लेन समेत नउडेको दुर्लभ दृश्यसहित करिबकरिब 'विश्व बन्द' शब्द खेलाउन सकिने स्थिति देखापरेको छ।

विकसित देशहरुलाई समेत हायलकायल पार्ने ताकत बोकेको कोरोना भाइरस र कोभिड रोगका बारेमा दिन प्रतिदिन नयाँनयाँ तथ्यहरु खुलासा हुँदै गइरहेका पनि छन्। त्यस्तैमा यो रोगको लक्षणबारे बोलिएका कुराहरु पनि फेरिँदै वा फरक हुँदै गइरहेका छन्।

चीनको उहान सहरमा थोरै मात्र बिरामी देखिँदाको अवस्थादेखि नै ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, जीउ दुख्नु, अधिक थकान महसुस हुनु र सास फेर्न गाह्रो हुनु वा सास फुल्नुलाई  यस रोगका मुख्य लक्षणहरु वा ‘क्लासिक सिम्टम्स्’ भनी व्याख्या गर्न थालियो, जुन आज पर्यन्त कायम छ। त्यसमाथि दुई हप्ताभित्र कतै यात्रा गरेको वा विदेशबाट फर्किएको वा कोभिड-१९ भएका व्यक्तिसँग घुलमिल भएको हिस्ट्री जब हुन्छ, माथि उल्लेखित लक्षणमा कोभिड हुन सक्ने सम्भावनालाई थप बढावा मिल्छ भनी विश्व स्वास्थ्य संगठनले नै सूचना जारी गर्‍यो।

बिरामीपिच्छे ज्वरो फरक नापको र भिन्न चरित्रको हुनसक्ने भएकाले ज्वरोको बारेमा थप वर्णन भने खासै गरिएको पाइँदैन। यस रोगका बिरामीहरु हेरिरहेका चिकित्सकहरुमध्ये अमेरिकाको मिसिगन राज्यस्थित विलियम बमाउन्ट अस्पतालमा कार्यरत नेपाली डाक्टर राजेश पोखरेलसँग एक हप्ताअघि यस प्रसंगमा कुराकानी भएको थियो। उनको भनाइ यस्तो थियो- 'यतिखेर मेरो अन्तर्गतमा रहेका बिरामीहरुमध्ये २५० भन्दा बढी त कोभिडका बिरामी  नै छन्, ४५ जना भेन्टिलेटरमै छन्, १२ जनाको निधन नै भइसक्यो। अहिलेसम्मको हाम्रो टिमको अनुभवमा ८०/९० प्रतिशत बिरामीमा नै ज्वरोको लक्षण पाइएको छ। यद्यपि, ज्वरो यत्ति नै डिग्रीको वा यस्तै चरित्रको भन्नेचाहिँ पाइएको छैन, फरक-फरक खालको छ'।

यसबाट बुझ्न  सकिन्छ  कि  व्यवहारिक  रुपमा  नै  ज्वरोलाई  एक  मुख्य  लक्षणमध्येको मान्न  सकिन्छ। त्यस्तै, खोकीको विषयमा भने 'नयाँ विकसित भएको तारन्तारको सुख्खा खोकी' भनी व्याख्या गरिएको छ। खोकीका  बिषयमा ख्याल गर्नुपर्ने व्यवहारिक बुँदा भनेको घाटी चिलचिलाएको वा ख्यासख्यास भएको जस्तो भएर मात्र खोकी  लाग्ने नभई छातीको भित्री भागदेखि नै 'घ्वांगघ्वांग' खालको खोकी लाग्छ र छाती समेत दुख्छ भनी उल्लेखित छ।

खोकी सम्बन्धी यस वास्तविकता कोभिडको डायग्नोसिस कन्फर्म भएर अस्पतालमा उपचाररत बिरामीहरुले व्यक्त गरेको भिडियोहरुमा समेत हेर्न सकिन्छ।

पछिल्ला दिनहरुमा कोभिड भएका बिरामीहरुमाथि अध्ययन हुदै जाँदा धेरै व्यक्तिहरु वाकवाक लाग्ने, वान्ता हुने र दिसा लाग्ने जस्ता लक्षण बोकेर अस्पताल आउने समेत देखिएको छ। यस तथ्यबारे थप खुलासा गर्दै  डा पोखरेल भन्छन्- 'जर्मनीमा भएको अध्ययनले एक तिहाइ बिरामीमा यस्ता ‘ग्यास्ट्रोइन्टेस्टैनल सिम्टम्स्’ देखिन्छ भनी उजागर गरेको भए पनि हाम्रो अस्पतालमा दाखिला भएका बिरामीहरुमध्ये झन्डैझन्डै पचास प्रतिशत बिरामीमै यस्ता लक्षण पाएका छौं।‘

nimb
nimb

जीउ दुख्ने लक्षण सम्बन्धी बुँदामा डा पोखरेल प्रस्ट्याउछन्- 'यति असह्य जीउ दुखेको र थकान महसुस भएको त कहिले पनि थाहा थिएन' भन्ने वाक्य अधिकांश  बिरामीहरुको मुखबाट सुन्ने गरिएको छ।

उसो त शरीरमा  कोरोना भाइरस प्रवेश गरेकाहरुमध्ये सयमा असी जना बिना कुनै लक्षण नै  रहनेदेखि साधारण रुघा खोकी लागेको बेलाको जस्तै 'माइल्ड' अर्थात न्यून कडापनबाटै ठिक हुनेसम्म पनि हुन्छन्। झन्डै १४ प्रतिशत कोरोना संक्रमित व्यक्तिहरु मध्यम कडापनका लक्षण लिएर अस्पताल पुगछन् र अत्याधिक कडापनमा नगइकन निको भएर केही दिनभित्रै डिस्चार्ज हुन सफल हुन्छन्। अर्को ६ प्रतिशत बिरामीलाई मात्र आइसीयुमै भर्ना गरी उपचार गर्नुपर्ने र त्यसमध्येका केहीलाइ मात्रै भेन्टिलेटरमा नै राख्नुपर्ने स्थिति आइपर्ने हुन्छ। 

अमेरिकाकै वाशिंगटन राज्यस्थित पिसहेल्थ अस्पतालमा पल्मोनोलोजिस्ट र क्रिटिकल केयर बिज्ञका रुपमा कार्यरत अर्का नेपाली डाक्टर विजयकृष्ण श्रेष्ठ आफ्नो अनुभव बाँड्छन्- 'अक्सिजन स्याचुरेसन ५० प्रतिशतमा ओर्लिदासम्म पनि बिरामी खासै सिभियर नदेखिने र  मजाले  बोलिराखेकै (साइलेन्ट हाइपोक्सेमिया) देखिन्छ। तर अचानक बिरामीको ओठ निलो हुन थाल्छ, मिनेट भरमै फत्रकफत्रक पर्न थाल्छ र उत्तिनखेरै इनट्युबेट (भेन्टिलेटरमा जोड्नका लागि स्वासनलीमा पाइप छिराउने पद्दति) गर्नुपर्ने स्थिति आइपर्छ। यस रोग लागेको बिरामीको संख्याको ग्राफ, मृत्यु हुनेको संख्याको ग्राफ र रोगले च्याप्ने तरिकाको ग्राफ झन्डै झन्डै उस्तै छ। केही दिनसम्म 'के भइहाल्ला र' जस्तो लाग्ने र हेर्दाहेर्दै ग्राफ ह्वात्तै उकालो चढ्न थाल्ने हुन्छ।‘

बेलायतस्थित रिडिङमा कार्यरत अर्का नेपाली डाक्टर गणेश शर्मा कोभिड रोगको लक्षणबारे कुरा राख्छन्- ‘सम्भावित बिरामी (सस्पेकटेड केस)को लक्षण केलाउने हो भने प्रत्येक अर्को एक केसमा अर्थात आधा जतिमा गन्ध ठ्याप्पै थाहा नहुने वा गन्ध कम मात्र थाहा हुने वा फेरिने, स्वाद थाहा नहुने वा फेरिने लक्षण पाइएको छ।‘

न्यूनदेखि मध्यम कडापनका धेरै  बिरामीमा नै यस प्रकृतिका लक्षण 'अर्ली सिम्टम्स'का रुपमा देखिएकाले 'अमेरिकन एकेडेमी फर ओटोल्यारिङ्गोलोजी -हेड एण्ड नेक सर्जरी' र  'इ एन टि युके' जस्ता प्राज्ञिक पेशागत  संस्थाले यी नयाँ स्वाद र गन्धवाला लक्षणलाई स्क्रिनिङ टुलका रुपमा नै प्रयोग गर्नुपर्ने भनी विश्व स्वास्थ्य संगठन र अमेरिकाको स्वास्थ्य नीतिको सर्वोच्च संस्था 'सेन्टर फर डिजिज कन्ट्रोल' समक्ष सुझाइसकेका छन्।

फरक फरक अनुसन्धानले फरक फरक ढंगले लक्षण उजागर गरेको भएता पनि पछिल्लो चरणमा कोभिडका लक्षणहरुलाई चार भागमा वर्गीकरण गरी प्रस्ट्याउन थालिएको छ। पहिलो, ‘कन्सटिच्युसनल सिम्टमस्’ अर्थात ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्ने। दोस्रो, ‘अप्पर रेस्पिरेटरी सिम्टमस्’ अर्थात सिँगान बग्ने र घाँटी अप्ठ्यारो हुने (सोर थ्रोट)। तेस्रो, ‘लोअर रेस्पिरेटरी सिम्टमस्’ अर्थात सास फेर्न गाह्रो हुने, छाती गह्रौं हुने र कहिलेकाही खकार समेत आउने। र चौथो, ‘ग्यास्ट्रो इन्टेस्टैनल सिम्टमस्’ अर्थात दिसा लाग्ने, वाकवाकी हुने र वान्ता आउने।

डा पोखरेल थप्छन्- 'सबै बिरामी हामीले पढेको जस्तै गरी आउछन् भन्ने हुन्न रहेछ। उमेर पुगेका व्यक्तिहरु अरु केही लक्षण नभइकन सिधै कन्फ्युजन र बदलिएको मानसिक स्थिति (अल्टरड मेन्टल स्टेट) जस्ता लक्षण बोकेर आउने सम्भावना धेरै देखिएको छ। तसर्थ, कोभिड रोग हेर्ने मेरा चिकित्सक साथीहरुलाई यहाँको अनुभवको आधारमा मेरो विशेष सुझाब छ कि  हामीले सोचाइको दायरा फराकिलो राख्नु र सम्भावनाको ठूलै दैलो उघार्नु जरुरी छ। मधुमेहका बिरामीहरु पनि एकैचोटी 'डायाबिटिक केटोएसीडोसिस (अत्याधिक तिर्खा लाग्ने, धेरै वान्ता हुने, शरीरमा नुन र पानीको मात्रा गडबड भई बेहोसी छुने खालको सुगर रोगको कम्प्लिकेशन)' मा प्रस्तुत हुन सक्ने रहेछन्।'

त्यस्तै, गर्भवती महिलाहरु 'हाइपरइमेसिस ग्र्याभिड्यारम (गर्भवतीमा धेरै वान्ता भएर आइपर्ने अप्ठ्यारो परिस्थिति)' मा देखा पर्ने सम्भावना पनि उत्तिकै हुँदोरहेछ। कोहीकोही बिरामीमा भने  कम्पन हुने, मस्तिस्कघात अर्थात स्ट्रोक हुने र एकाध केसमा इन्केफ्यालोप्याथीकै फिचर  बोकेर पनि आइपुग्ने हुँदोरहेछ।

लक्षण र बिरामीको प्रस्तुतिबारे यही कुरामा हो मा हो थप्दै बेलायतस्थित सरेमा कार्यरत इमर्जेन्सी फिजिसियन डा सन्तोष प्रधान मर्मश्पर्शी भावमा आफ्नो पीडा राख्छन्- 'बिरामीको थप चापको शारीरिक थकान, आफू र परिवारलाई समेत सर्नसक्ने सम्भावनाको मानसिक थकान र नवोदित जानकारी र उपचार प्रोटोकोल अद्यावधिक राख्नुपर्ने तेहेरो लोडलाई यतिखेर शब्दमा फ़ुराउन गाह्रो छ।'

हामी डाक्टरहरुको इथिक्सको पावर पनि अहिले नै महसुस हुँदैछ, चाहिने जति पिपिईबिना पनि लागिपर्नू परेर।

हुन त जसैजसै यस रोगमाथि अनुसन्धान हुँदै जाला, उसैउसै ठोस तथ्य पनि बाहिर निक्लिँदै जाला। यस लेखको भित्री आशय भनेको जसरी यो कोरोना भाइरस बाठो चरित्रको वा भनौं आफैंमा बिचित्रको छ र यसको सर्ने तरिका समेत थरीथरीका छन्, उसैगरी यसका लक्षणहरु पनि थरीथरीका र बिचित्रका हुन सक्ने बुँझिदै आएको छ।

उपरोक्त सम्बन्धमा लक्षण बुझ्नुपर्ने र बुझाउनुपर्ने दुवै तप्का अर्थात् आम समुदाय र चिकित्साकर्मीले यस एजेन्डालाई मनन गर्नु जरुरी देखिन्छ। नीति, रणनीति र राजनीतिको तहमा रहेकाहरुलाई समेत यस्तो विषय बुझिदिनुस् भनी यसै लेखमार्फत सविनय नम्र निवेदन छ। आशा छ, अरु रोगमा जस्तै रोग गराउने भाइरसभन्दा हामी एक कदमले बढी बाठो ठहरिनेछौं र कोभिडलाई जित्ने छौं। अहिलेसम्म प्रायः सबै रोगलाई जिते जस्तै गरी।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १०:३६
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै, जोखिम कायमै : चिनियाँ दूतावास शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्