काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अवैधानिक काम, तस्करी जस्ता कुरा बर्जित हुने बताएका छन्।
राजधानीमा सोमबार सुनचाँदी व्यवसायी महासंघको पाँचौं साधारणसभामा प्रधानमन्त्री ओली हरेक व्यवसायीले नक्कली होइन सक्कली ढंगले काम गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई भने, ‘तस्करीको कुरा गर्दा सुनको पनि नाम आउँछ, तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस्। कानुनी अप्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ।’
प्रधानमन्त्री ओलीले नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न व्यवसायीहरुलाई सुझाव दिएका थिए।
सरकार व्यवसायीको सुरक्षामा गम्भीर रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको सीमाभित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन । तर, सरकारले गैरकानुनी, हिंसात्मक र अपराधपूर्ण क्रियाकलापलाई सहँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।