• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको आवरणमा वैदेशिक रोजगार ऐन संशोधन गरिँदै

वार्षिक सय कामदार नपठाउने म्यानपावर खारेज नहुने 
64x64
निर्मला घिमिरे आइतबार, चैत २३, २०७६  १२:३६
1140x725

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको आवरणमा सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधनको तयारी गरेको छ। 

मन्त्रिपरिषदको चैत १६ गतेको बैठकले वार्षिक रुपमा एक सय कामदार वैदेशिक रोजगारीमा नपठाउने म्यानपावरहरु खारेज हुने व्यवस्था हटाउने निर्णय गरेको हो। 

उक्त निर्णयको बुँदा नम्बर ७ (ङ) मा भनिएको छ, ‘वैदेशिक रोजगारीमा १०० जना कामदार नपठाएकै कारणबाट इजाजतप्राप्तवाला संस्थाहरु खारेजी हुने हालको व्यवस्थालाई हटाउन वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन प्रकृया अगाडि बढाउने ।’

गत वर्ष सरकारले वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली (पाचौँ संशोधन) गरी म्यानपावर कम्पनीको इजाजत नवीकरणका लागि पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार पठाउनुपर्ने व्यवस्था गरेको छ। १ सय कामदार पठाउन नसके स्वतः इजाजत खारेज हुने व्यवस्था  छ। 

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकालमा आएको यो व्यवस्थाप्रति म्यानपावर व्यवसायीहरुले विरोध गर्दै आएका थिए। 

वैदेशिक रोजगारीमा कामदार पठाउने आडमा च्याउसरी खुलेका म्यानपावर कम्पनीहरुमार्फत् अवैध रुपमा कामदार ठगी गर्ने क्रम बढेपछि म्यानपावर छाँटकाँट गर्न सरकारले यस्तो व्यवस्था ल्याएको थियो। 

सरकारले एकतर्फी रुपमा ऐन संशोधन गरेको भन्दै खारेजको माग राख्दै म्यानपावर व्यवसायीले शक्तिकेन्द्र धाउँदै आएका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय लिखित रुपमा मन्त्रालयमा आइनसकेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर लामो समयदेखि लविङमा रहेको ऐन संशोधनको पाटो कोरोनाका कारण सहज बनेको मन्त्रालयका एक अधिकारीले नेपाल लाईभलाई बताए।  

‘लामो समयदेखि यो विषय विवादित बन्दै आएको थियो । कोरोनाको चपेटामा परेको अवस्थालाई मध्यनजर गर्दै सरकारले गरेको निर्णयले म्यानपावर व्यवसायीलाई मौकामा चौका मिलेको छ’ ती अधिकारीले नेपाल लाईभसँग भने । 
 
यसै विषयलाई लिएर यतिबेला म्यानपावर व्यवसायीहरु भने निकै हर्षित देखिएका छन्। 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार रोहन गुरुङ फेसबुकमा लेख्छन्, ‘१०० जना कामदार विदेश नपठाए लाइसेन्स नवीकरण नहुने ऐनको व्यवस्था हटाउने सहयोगका लागि कोभिड १९ लाई धन्यवाद।’ 

यसै विषयलाई लिएर कतिपय म्यानपावर व्यवसायीहरु सामाजिक सञ्जालमार्फत एकअर्कालाई आरोपप्रत्यारोप गरिरहेका छन् । 

संघका पूर्वअध्यक्ष रोहन गुरुङको भनाईलाई खण्डन गर्दै संघका सचिव मेघनाथ भुर्तेल लेख्छन्, ‘सल्लाहकार तथा पूर्वअध्यक्षज्यू हजुरजस्तो जिम्मेवार व्यक्तिले यो निर्णय जसले गरायो, जसरी भयो सही समयमा सही निर्णय भयो भन्नु उचित होला कि? यस्तो गैरजिम्मेवारी अभिव्यक्ति अलि सुहाएन कि?’ 

पूर्वअध्यक्ष गुरुङको प्रतिक्रियालाई खण्डन गर्दै अर्का एक व्यवसायी लेख्छन्, ‘कोभिड १९ लाई बधाई दिनु जरुरी छैन नेता ज्यू । अहिलेको विष्णु गैह्रेको उल्लेखनीय भूमिका छ। बधाई कोभिड १९ होइन वैदेशिक रोजगार व्यवसायी संघलाई दिने हो। तपाईँले त सक्नु भएन सक्नेलाई हौसला दिन सक्नुपर्छ ।’

 

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:३६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्