काठमाडौं- स्मार्ट डोकोले लकडाउको समयमा किराना र आवश्यक वस्तुहरू घर-घरमा डेलिभरी गर्ने भएको छ। शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्मार्टडोकोले सेलपेमार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिइने जानकारी दिएको हो।
ग्राहकहरूले किराना सामान‚ बच्चाको सामान‚ ह्युमिडिफायरहरू‚ एयर प्युरिफायर र अन्य आवश्यक वस्तुहरू अर्डर गर्न सक्ने उक्त विज्ञप्तिमा बताइएको छ।
ग्राहकले www.smartdoko.com मा लगइन गरेर अथवा एन्ड्रोयड र आइओएसमा स्मार्टडोकोको एप डाउनलोड गरेर पनि अर्डर गर्न सक्ने बताइएको छ। स्मार्टडोकोको डेलिभरीमा नगद र कार्डबाहेक सेलपे र ई-सेवामार्फत मात्र कारोबार गर्न मिल्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।