काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री नेपाली सेना कार्यरत द्वन्द्वग्रस्त दुई अफ्रिकी मुलुकको भ्रमणमा गएर फर्किएका छन्। गत १९ गते कंगो र दक्षिण सुडान भ्रमणमा गएका उनी सोमबार स्वदेश फर्किएका हुन्।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल लिएर निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनँएको छ। भ्रमणमा उनले त्यहाँका फोर्स कमाण्डरदेखि राष्ट्र संघका उच्च अधिकारीलाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।