एजेन्सी- विश्व स्वास्थ्य संगठनले केही दिनमा विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या १० लाख नाघ्ने र ५० हजारको मृत्यु हुने दावी गरेको छ। बुधबार नियमित पत्रकार सम्मेलनमा यस्तो आँकडा सार्वजनिक गरेको हो।
जसरी कोरोना भाइरसको संक्रमण बढी रहेको छ त्यसले संगठनको दावी सत्य निकट नै देखिन्छ। अमेरिका एउटै देशमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख पुगिसकेको छ। इटली,स्पेन, बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दोक्रममा रहेको छ। बुधबार बेलुकासम्म संक्रमितको संख्या ९ लाख २१ हजार पुगिसकेको छ।
जति संक्रमण बढिरहेको छ मृतकको संख्या पनि बढिरहेको छ। मृतकको संख्या ४६ हजार २ सय ५२ पुगिसकेको छ। इटलीमा मात्रै कोरोना भाइरसबाट १३ हजारको ज्यान गइसकेको छ। स्पेनमा ९ हजारको ज्यान गइसकेको छ। यो आँकडाले नै संगठनको अनुमान पुरा हुन त्यती धेरै दिन कुर्नुपर्ने देखिन्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।